शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • शेखर कोइरालासँग पोलिटिकल कुरा भयो, गठबन्धन भनेपछि इरिटेड हुन्छ : ओली

शेखर कोइरालासँग पोलिटिकल कुरा भयो, गठबन्धन भनेपछि इरिटेड हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताएका छन्। उनले आफूहरुबीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताएका छन्। उनले आफूहरुबीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताए। 

शुक्रबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षणका लागि विराटनगर आएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताएका हुन्। तपाईंहरुबीच गठबन्धन गर्ने कुरा भएको हो? भन्ने जिज्ञासामा उनले भने,‘ गठबन्धन भन्नेबित्तिकै इरिटेड हुन्छ।’ 

सत्तारुढ पाँच दलिय गठबन्धनबीच भागबन्डा विवाद नमिलिरहेका बेला कांग्रेस नेता कोइराला र ओलीबीच बिहीबार करिब दुई घण्टा ‘वान वान टु वान’ छलफल भएको थियो। उनले दुईजनाबीचको कुराकानीको विषय सुनाउन चाहेनन्। 

प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले देशभरि नै हरेक दिन एमालेको संख्या बढ्दै गएको बताए। सत्तारुढ पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लहर चलेको उनको दाबी थियो। अध्यक्ष ओलीले भने, ‘जनताको भेल अहिले एमालेमा जम्मा हुने क्रम बढेको छ।’ विद्यार्थी संगठन अनेरास्ववियुको उचाइ गठबन्धन दलका विद्यार्थी संगठनहरु भन्दा धेरै माथि रहेको उनको दावी छ। उनले भने,‘ गठबन्धन दलका विद्यार्थी संगठनहरु सबै एकातिर हुँदा पनि अनेरास्ववियु नै बढी हुन्छ।’

आगामी मंसिर ४ पछि जनताले राष्ट्रिय फैसला गर्ने भएकाले जनताको मतको रक्षा गर्न अहिल्यैदेखि जुट्न उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। अध्यक्ष ओलीले भने,‘ मतपेटिकाको रक्षा गर्नका लागि अहिलेदेखि नै तयारी गर्नुहोस्।’

Metro Mart
worldlink

अनेरास्ववियुको दुई दिने प्रशिक्षण कार्यक्रममा १४ जिल्लाबाटै विद्यार्थी नेताहरुको सहभागिता रहेको छ। प्रदेश प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले बताए।

प्रकाशित: Sep 02, 2022| 17:43 शुक्रबार, भदौ १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।