शुक्रबार, वैशाख १९, २०८२

मोरङ-५ बाट उपेन्द्र यादवसहित ५ जनाको नाम सिफारिस

जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

विराटनगर- जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ। 

उम्मेदवार सिफारिस समितिको बिहीबार बसेको बैठकले केन्द्रीय अध्यक्ष यादवसहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य दिलिप चौधरीले जानकारी दिए।  

सिफारिस समितिको बैठकले क्षेत्र नम्वर ५ (क) मा पन्नालाल मण्डल, प्रमोद शर्मा र प्रकाश मण्डल गनगाई र प्रदेश (ख) मा जयराम यादव, अमृत महतो, दिनेश साह र मन्तलाल यादवको नाम सिफारिस गरेको चौधरीले जानकारी दिए। 

सत्तारुढ गठबन्धनमा आबद्ध जसपाले मोरङ क्षेत्र नम्बर ५ मा दाबी गर्दै आएको छ। 

प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय अध्यक्ष यादव सो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। 

Metro Mart
worldlink

प्रदेश १ का स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए। मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ (ख) बाट निर्वाचित सांसद हुन्।


प्रकाशित: Sep 01, 2022| 21:04 बिहीबार, भदौ १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।