बुधबार, वैशाख १७, २०८२

एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देही-२ लाई बटमलाइन बनाउने

नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

बुटवल- नेकपा एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

केन्द्रीय राजनीतिमा भएको सहमतीलाई रुपन्देहीमा पूर्णरुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए। बैठकले निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउने गरी लाग्‍ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरि निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ। 

यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिस गरिसकेको छ। रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ। बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफुहरुले स्वभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेद्वार हुने बताए। 

उनले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गरे। संविधान, लोकतन्त्र र गणतन्त्रमाथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकिकृत समाजवादीले राख्‍ने जिकिर गरे।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्‍नेविरुद्धमा हुने बताए। त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता थियो।

Metro Mart
worldlink

प्रकाशित: Sep 01, 2022| 18:12 बिहीबार, भदौ १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।