शनिबार, वैशाख २०, २०८२

धरानको फोहोर : मेयरलाई मस्ती, यात्रु र स्थानीयलाई सास्ती

धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, भदौ १४, २०७९

इटहरी- 'मेरा छिमेकी धेरै जना बिरामी छन्। बूढाबूढीलाई साससम्बन्धी समस्या छ। गाउँभरि दमका रोगी बढेका छन्। हामीलाई पनि धेरै गाह्रो पार्न थालेको छ। दुई वर्षयता साना नानीहरूलाई जिउमा घाउखटिरा आउने क्रम बढ्दै गएको छ,' इटहरी-१९ भवानीपुरका दलसिंह राईले भने। 

अधबैँसे उमेरका राई विगत १५ वर्षदेखि भवानीपुरमा बस्दै आइरहेका छन्। विगत ५ वर्षदेखि फोहोर जलेर निस्किने पिरो धुवासँग जुध्न बाध्य भएको सुनाउँछन् उनी। धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ। 

बिहान उज्यालो भएदेखि खानाखाने बेलासम्म र साँझ ५ बजेदेखि रातभर यस्तै सास्ती हुने गरेको उनले बताए। फोहोर डढाएको धुँवाका कारण स्थानीयहरू दीर्घकालीन रोगको सिकार भएका छन्। राईका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवतीहरू बढी समय धुवाँको स्रोतनजिकै हुने भएकाले उनीहरु बढी समस्यामा परेका छन्। 

धरान उपमहानगरपालिकाबाट संकलित फोहोरले भवानीपुर मात्र होइन, कोसी राजमार्ग हुँदै यात्रा गर्नेहरू समेत मारमा परेका छन्। बाँझगरा सामुदायिक वनमा जलेको फोहोरको धुवाँले बिहान र साँझको समय राजमार्गमा धुवाँ फैलने गरेको छ। धरान बसेपनि कामका लागि दैनिक रूपमा इटहरी आउने र फर्कने गर्दै आएका युवा मार्टिन घिमिरे राजमार्गको यात्रा गर्दा पिरो धुवाले जंगल क्षेत्रमा सास फेर्नै गाह्रो हुने गरेको बताउँछन्। 

हाल बाँझगरा सामुदायिक वनको क्षेत्रमा उपमहानगरले फोहोर फ्याँक्ने गरेको छ। वन उपभोक्ता समितिले छलफल गरेर जंगलबाट फोहोर हटाउन आग्रह गरेको छ। गते जेठ ३० गतेको बैंठकले फोहोर यत्रतत्र छरिएको र चोरीतस्करी बढेको भन्दै फोहोरमैला व्यवस्थापनका ध्यान दिनुपर्ने बताएको हो।  

Metro Mart
worldlink

प्रकाशित: Aug 30, 2022| 18:59 मंगलबार, भदौ १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।