मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका विद्युतीय बस सञ्‍चालन कार्यदलले बुझायो प्रतिवेदन, दसैंअघि परीक्षण सञ्‍चालन गर्न सुझाव

लुम्बिनीका विद्युतीय बस सञ्‍चालन कार्यदलले बुझायो प्रतिवेदन, दसैंअघि परीक्षण सञ्‍चालन गर्न सुझाव

कार्यदलका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण) सहितको टोलीले कोषका अध्यक्ष तथा पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन र सञ्चालय मस्यौदा कार्यविधि बुझाएको हो।
 |  आइतबार, भदौ १२, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, भदौ १२, २०७९

बुटवल- लुम्बिनीमा थन्किएका विद्युतीय गाडी सञ्‍चालनका लागि लुम्बिनी विकास कोषले गठन गरेको कार्यदलले आइतबार अध्ययन प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि मन्त्रालयमा बुझाएको छ। कार्यदलका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण) सहितको टोलीले कोषका अध्यक्ष तथा पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन र सञ्चालय मस्यौदा कार्यविधि बुझाएको हो। 

करिब तीन वर्षदेखि लुम्बिनी विकास कोषलाई एशियाली विकास बैंकबाट सहयोगमा प्राप्त बिद्युतिय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भटराईको संयोजकत्वमा विश्वराज पौडेल र राजे शाक्य रहेको ३ सदस्यीय टोली गठन गरिएको थियो। 

लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समयसिमा भित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेश गरेको संयोजक एंव कोषका कोषाध्यक्ष भट्टराईले बताए। मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्ययोजना, आर्थिक प्रक्षेपण, अतिआवश्यक सिफारिसहरु र कार्यविधि मस्यौदासहितको दुई वटा दस्ताबेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिए। प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा ई-भ्यान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कार्यविधि तयार भएसँगै लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालन गर्न बाटो खुल्ने छ। बस तथा भ्यान कोषको सम्पति भइसकेकोले कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठित इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाइएको हो। प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरुको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष एंव संयोजक भट्टराईले बताए। उनका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडाभन्दा केही प्रतिशत सस्तो हुनेछ। बस तथा भ्यानहरुको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्ने समेत प्रतिवेदनमा भनिएको छ। 

प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्राण्ड नाम 'धम्म यात्रा' राखिएको छ। धम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र एयरपोर्ट जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ। प्रतिवेदनले इकाई गठनसँगै स्टाफहरु चालकहरु करार गर्ने प्रस्ताव गरेको छ भने तीन चरणका कार्ययोजना अघि सारेको छ। जसमा अफिसियल परीक्षण ५ दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन दुई महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी तीनवटा चरण प्रस्ताव गरेको छ। कोषलाई प्राप्त पाँचवटा बस र १४ भ्यानहरु १२ करोडभन्दा बढी लागतका हुन भने यसलाई चार्जिंङ स्टेशन निर्माण गर्न झण्डै १४ करोड रुपैयाँको लागतमा सौर्य उर्जा केन्द्र निर्माण भएको छ।

Metro Mart
worldlink

६ भागमा बाँडिएको अध्ययन प्रतिवेदन ५६ पृष्ठको छ। कार्यविधि १२ पृष्ठको छ। प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरुको रुट व्यवस्थापन, सञ्चालन कार्ययोजना, अनुमानित आयव्यय प्रक्षेपणसहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दाबीहरुको प्रमाण राखिएको संयोजक भट्टराईले बताए। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरुलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरु एसियाली क्लिन इनर्जी फण्डको सहयोगमा वातावरण मैत्री तथा वैकल्पिक उर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो। 

कार्यदलले आइतबार नै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलय रत्‍नपार्कमा प्राधिकरणका वैकल्पिक उर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर्स कम्पनी सिमेक्स प्रालि, सौर्य उर्जा केन्द्र निर्माण कम्पनी इशाकासँग बैठक गरी घटस्थापना अघि नै प्राविधिक पक्ष चुस्त बनाउन आग्रह गरेको कोषाध्यक्ष भट्टराईले बताए। 


प्रकाशित: Aug 28, 2022| 18:33 आइतबार, भदौ १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।