बुधबार, वैशाख १७, २०८२

सुर्खेतमा दुई लाख ४७ हजार ७४० मतदाता

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले १ नम्बर क्षेत्रमा १ लाख २३ हजार ७५ तथा २ नम्बरमा १ लाख २४ हजार ६६५ मतदाता रहेको जनाएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

सुर्खेत- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट २ लाख ४७ हजार ७४० मतदाता कायम भएका छन्।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले १ नम्बर क्षेत्रमा १ लाख २३ हजार ७५ तथा २ नम्बरमा १ लाख २४ हजार ६६५ मतदाता रहेको जनाएको छ। प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम सुरू भइसकेको बताए।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ। भदौ १३–१५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३–१७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ।

मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३–१६ गते, भदौ १३–१७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ।

प्रकाशित: Aug 26, 2022| 08:00 शुक्रबार, भदौ १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।