शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगरको श्वेतपत्र : जम्बो कर्मचारी संयन्त्र, २ बिगाहा १७ कठ्ठा जग्गा बाँडियो

विराटनगरको श्वेतपत्र : जम्बो कर्मचारी संयन्त्र, २ बिगाहा १७ कठ्ठा जग्गा बाँडियो

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बिहीबार सार्वजनिक गरेको २२ बुँदे श्वेतपत्रको पहिलो बुँदामै कर्मचारीको संख्या ६०९ जना भएको उल्लेख गरिएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- प्रदेश सरकारले कर्मचारी अभावमा सोचेजति काम गर्न नसकेको गुनासो गरिरहेका बेला विराटनगर महानगरपालिकाले भने कर्मचारीको बोझले महानगर चुस्त हुन नसकेको बताएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बिहीबार सार्वजनिक गरेको २२ बुँदे श्वेतपत्रको पहिलो बुँदामै कर्मचारीको संख्या ६०९ जना भएको उल्लेख गरिएको छ। 

महानगरका कर्मचारीमध्ये ३४५ जना अस्थायी/करारका कर्मचारी रहेको र २७६ जना श्रेणीविहीन छन्। 'संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएन्डएम)का आधारमा नगरसभाबाट स्वीकृत दरबन्दीमा कर्मचारी भर्ना गर्नुपर्नेमा सोको अबलम्बन नगरी कर्मचारी भर्ना गरिएको छ,' श्वेतपत्रमा लेखिएको छ, '६०९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको छ।' श्वेतपत्रमा कर्मचारीको संख्या धेरै भएको उल्लेख भए पनि दक्ष जनशक्ति र आवश्यक प्रकृतिको जनशक्तिको कमी रहेको, वडा कार्यालयहरूमा अधिकृतस्तरका वडासचिव र प्रशासनिक कर्मचारीको अभाव रहेको उल्लेख छ।

श्वेतपत्रमा महानगरपालिकाको स्वामित्वमा रहेको ६३ बिगाहा ८ कठ्ठा १२ धूर जग्गा रहेको उल्लेख छ। विगत ५ वर्षमा सार्वजनिक तथा पर्ती जग्गामध्ये मनोमानीपूर्ण तबरले १६ वटा संघसंस्थालाई २ बिगाहा १७ कठ्ठा १८ धूर वितरण भएको श्वेतपत्रमा उल्लेख छ। 

महानगरले सार्वजनिक गरेको श्वेत पत्रमा पाँच वर्षमा ८३ वटा ऐन, नियम, कार्यविधि, दिग्दर्शन, निर्देशिका जारी गरिएको उल्लेख गरेको छ। 

प्रकाशित: Aug 25, 2022| 21:18 बिहीबार, भदौ ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।