शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • संघीयता अपेक्षित नहुनुको दोषी संघ सरकार र संघीय संसद हो : मन्त्री आङ्बो

संघीयता अपेक्षित नहुनुको दोषी संघ सरकार र संघीय संसद हो : मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालको संघीयता अपेक्षित ढंगले अघि बढ्न नसक्नुको मुख्य दोषी संघीय सरकार र संघीय संसद रहेको आरोप लगाएका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

विराटनगर- प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालको संघीयता अपेक्षित ढंगले अघि बढ्न नसक्नुको मुख्य दोषी संघीय सरकार र संघीय संसद रहेको आरोप लगाएका छन्। 

बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ५ वर्ष बित्दासमेत प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ। शान्ति सुरक्षाको जिम्मेवारी र  सेवा प्रवाह गर्न कर्मचारी संयन्त्र प्रदेश सरकारलाई नदिइरहेको अवस्थामा प्रदेश सरकार चाहिने कि नचाहिने भन्ने बहस गर्नु उचित नहुने जिकिर गरे। 

संघीय सांसदहरुले नै संघीयतामाथि प्रश्न उठाउनु गलत रहेको उनको भनाइ छ। संघीयतामाथि प्रश्न उठ्नु भनेको संविधान राम्रोसँग कार्यान्वयन हुन नसक्नु र जनतालाई राम्रोसँग सेवा प्रवाह गर्न नसक्नु रहेको बताएका उनले प्रदेशलाई चाहिने कानून नै नबनाउँदा र निजामति ऐन, प्रहरी समायोजनको अधिकार नदिँदा कार्य सम्पादन हुन नसकेको उल्लेख गरे। 

उनको भनाइ जस्ताको तस्तै:
प्रहरी समायोजनको कुरामा असाध्यै ढिला भएको छ। हामीले यो शुरुवातमा नै गर्नुपर्ने थियो, गर्न नसक्दा शान्ति सुरक्षाको जिम्मेवारी पनि प्रदेश सरकारको नहुने, सेवा प्रवाह गर्न कर्मचारी संयन्त्र पनि नहुने, त्यसपछि प्रदेश सरकार चाहिने की नचाहिने भन्ने वहस कसरी सम्भव छ ? आज नेपालको संघीयता अपेक्षित ढंगले अघि नबढ्नुको कारण मुख्य दोषी संघीय सरकार र संघीय संसदलाई जान्छ। आज संघीयतामाथि प्रश्न उठ्नु भनेको संविधान राम्रोसँग कार्यान्वयन हुन नसक्नु हो। जनतालाई राम्रोसँग सेवा प्रवाह गर्न नसक्नु पनि कारण हो। प्रदेश संरचना चाहिन्छ की चाहिँदैन भन्ने कुरा संघीय संसदहरुले नै उठाउने भन्नेकुरा उदेक लाग्छ। यस्ता कुरा संघीय संसदले बोलेका छन्, जबकी प्रदेशलाई चाहिने कानून नै बनाइएको छैन। निजामति ऐन आउँदैन, प्रहरी समायोजन हुँदैन अनि कसरी कार्य सम्पादन हुन्छ?

स्थानीय क्षेत्रभित्रका कतिपय आयोजनाहरु प्रदेशमा छन्। बाध्यता संघले बनाइदिएको छ। प्रदेश सरकारप्रति संघको विश्वास नै छैन। यी कुरामा व्यापक सुधार आउनुपर्छ। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ सरोकारवालासँग छलफल गरेर संशोधन हुनुपर्छ। त्यसपछि मात्रै संविधान अनुसार वित्तिय संघीयताको कार्यान्वयन हुन्छ। संघीय निजामति ऐन धेरै ठूलो राजनीतिक विषय बन्यो। त्यो ऐन नआइकन कुनैपनि प्रदेश सरकारले काम गर्नसक्ने स्थिति छैन। प्रदेशमा आउने बेलामा घँचेडेर प्रदेशमा समायोजन गरेर पठाइएको छ। अहिले उहाँहरुको वृद्धि विकासमा असर पर्नेगरेर लोकसेवा खोल्ने की नखोल्ने?

Metro Mart
worldlink

प्रकाशित: Aug 24, 2022| 19:33 बुधबार, भदौ ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।