बुधबार, वैशाख १७, २०८२

आफ्नै टिपरमा आगो लगाउने समातिए

बिमा रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा मंगलबार टिपर जलाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- बिमा रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा मंगलबार टिपर जलाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ बबई खोला पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान आगजनी भएको थियो। 

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको मौका छोपी गाडीधनी घोराही–१८ का ४३ वर्षीय धनेश्वर भण्डारीले जीर्ण भएको टिपरमा चालक र सहचालकलाई आगो लगाउन लगाएको खुलेको  छ। गाडीमा डिजेल खन्याएर आगो लगाएको पुष्टि भएपछि गाडीधनी भण्डारीका साथै चालक राप्ती गाउँपालिका-८ पिपरीका ३२ वर्षीय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका-७ चन्दनपुरका १७ वर्षीय आकाश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १ र २ बमोजिम आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीलर् जानकारी दिएको छ। यो कसुरमा१ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

प्रकाशित: Aug 23, 2022| 16:40 मंगलबार, भदौ ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।