शनिबार, वैशाख २०, २०८२

हरेक शुक्रबार नगरभरि झाडु लगाउँदै विराटनगर महानगर

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिनेछ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

विराटनगर– नगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यले विराटनगर महानगरले हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने भएको छ। महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले बताए। 

हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो। ‘कुनै पनि ठाउँको पहिचान भनेको सफाइ र सुन्दरता नै हो’, मेयर कोइरालाले भने, ‘बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने तिनमा नकारात्मक प्रभाव पर्छ। फोहोर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ। सोही कारण महानगरमा सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं।’

मन्दिर, मस्जिद र सार्वजनिक स्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिइएको उनले बताए। ‘हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ। यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो’,  कोइरालाले भने, ‘आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा गर्‍यौं, जसले गर्दा यस पटकको वर्षामा डुबान समस्या कम भयो। यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौं।’

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताइन्।  सरसफाइ विशेष अभियानमा महानगरबासीलाई समेत सहभागी हुन उनले आग्रह गरिन्। 

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ। प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन्।विराटनगरमा केही समयदेखि बजारभित्र फोहोरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ।–रासस

Metro Mart
worldlink

प्रकाशित: Aug 22, 2022| 14:20 सोमबार, भदौ ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।