बुधबार, वैशाख १७, २०८२

हिरासतमै मृत्यु भएका लामिछानेबारे छानबिन गर्न समिति गठन

कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

सुर्खेत- कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ। 

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ। समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक-एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन्।

उक्त समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ।

लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन्। जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन्। 

वन कार्यालयका कर्मचारीले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफुहरुको कुनै कसुर नभएको बताएका छन्।

Metro Mart
worldlink

कर्तव्य पालना गर्दा बिहीबारदेखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासतमा राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छन्। कर्मचारीले लामिछानेलाई बिहीबार वन कार्यालय पुर्‍याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५:१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित: Aug 19, 2022| 21:40 शुक्रबार, भदौ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।