बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अख्तियारले छापा मारेको जन नमूना विद्यालय प्रशासनले भन्‍यो - निराधार आरोप लगाइयो

अख्तियारले छापा मारेको जन नमूना विद्यालय प्रशासनले भन्‍यो - निराधार आरोप लगाइयो

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

विरेन्द्रनगर- सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माध्यामिक विद्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ।

जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपाली र प्रधानाध्यापक यामबहादुर श्रेष्ठद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति सार्वजनिक गरी आयोग र समाचार माध्यमले लगाएको आरोपबारे ध्यानाकर्षण भएको बताएका हुन्। 

विज्ञप्तिमा भनिएको छ, 'अख्तियारले बुधबार दिउँसो १ः०० बजे विद्यालयमा छापा मारी कर्मचारीलाई नियन्त्रणमा लिई पक्राउ गरेको र उनीहरूबाट बिना रसिद रु दुई लाख ७६ हजार छ सय ९० लिएको भनी विभिन्न समाचारमाध्यममा भ्रामक समाचार प्रसारण तथा प्रकाशन गरेकामा विद्यालयको ध्यानाकर्षण भएको छ। वास्तविकता नबुझी विद्यालयमाथि लगाइएको आक्षेप निराधार र कपोकल्पित भएको कुरा जानकारी गराउँदछौँ।'

उक्त विद्यालयले सम्मानित अदालतको अपहेलना नगरेको बरु आदेशबमोजिम अभिभावकहरूको गत जेठ २ गते बसेको भेलाबाट स्वेच्छिकरूपमा दान, चन्दा लिएर विद्यालयकै पठनपाठनमा संलग्न निजी स्रोतबाट नियुक्त जनशक्तिलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने भने पनि राज्यले हालसम्म थप मानव स्रोत र भौतिक विकासको व्यवस्थापन नगर्दा दान चन्दा लिएरै बाध्यात्मक अवस्थामा विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ।

Metro Mart
worldlink

बुधबार आयोगले नियन्त्रणमा लिएको रु दुई लाख ७६ हजार छ सय ९० मध्ये रु ९३ हजार पाँच सय एसइई ग्रेडवृद्धि परीक्षा आवेदन फारम, रु १० हजार नौ सय पेटी क्यास, बालबालिकाको खाजाको भुक्तानी गर्न बाँकी रु २२ हजार सात सय ९० र रु एक लाख ४९ हजार पाँच सय अभिभावकको चन्दा, दानबाट संकलन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Aug 18, 2022| 21:19 बिहीबार, भदौ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।