बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुख काटेको आरोपमा पक्राउ परेका लामिछाने हिरासतमै झुण्डिएको अवस्थामा फेला, हत्या भएको आफन्तको आरोप

रुख काटेको आरोपमा पक्राउ परेका लामिछाने हिरासतमै झुण्डिएको अवस्थामा फेला, हत्या भएको आफन्तको आरोप

मृतकका भाई रामप्रसाद लामिछानेले भने ‘वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्‍ने वाहना रचेको हो।’
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- सुर्खेतमा रुख काटेको आरोपमा पक्राउ परेका एक व्यक्तिको हिरासतमै मृत्युभएपछि आफन्त आन्दोलित बनेका छन्। वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका लेकवेशी नगरपालिका- १० भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालयको हिरासतमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो। उनी हाल वीरेन्द्रनगर- १३ मा बस्दै आएका थिए।

लामिछाने मदन भण्डारी राजमार्गमा पर्ने सालको रुख काटेको अभियोगमा श्रीमतीसहित पक्राउ परेका थिए। उनलाई वनका कर्मचारीले पक्राउ गरेका हुन्। 

उनी वन कार्यालयको हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। लामिछानेको मृत्यु भएपछि आक्रोशित आफन्तले जिल्ला वन कार्यालय परिसर घेराउ गर्दै आन्दोलन गरेका हुन्। रुख काटेको सूचना प्राप्त भएपछि जिल्ला वन कार्यालयबाट खटिएको वन रक्षकको टोलीले बिहीबार बिहान उनकी श्रीमतीलाई पक्राउ गरेको थियो ।

लामिछानेका आफन्तले भने उनको मृत्युलाई रहस्यमय भनेका छन्। ‘वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीहरूले, लतार्दै, पिट्दै ल्याएका रहेछन्। अनी भाउजुलाई बाहिर निकाले र दाईलाई भित्र पठाएपछि यस्तो घटना भयो,’ मृतकका भाई रामप्रसाद लामिछानेले भने ‘वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्‍ने वाहना रचेको हो।’

घटनाको सत्य, तथ्य छानबीन हुनुपर्ने माग राख्दै आफन्तहरु आन्दोलित बनेका हुन्। लामिछानेलाई सब-डिभिजन वन कार्यालय प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारीले पक्राउ गरेको आफन्तको आरोप छ। यता जिल्ला वन कार्यालय सुर्खेतले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभएको दाबी गरेको छ।

Metro Mart
worldlink

प्रकाशित: Aug 18, 2022| 20:55 बिहीबार, भदौ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।