शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • उच्च अदालत विराटनगरद्वारा आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत विराटनगरद्वारा आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत विराटनगरले आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

विराटनगर– उच्च अदालत विराटनगरले आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बिहीबार सो आदेश जारी गरेको हो। निवेदकको पक्षमा अदालतले अन्तरिम आदेश जारी नहुने आदेश गरेसँगै अब राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने बाटो खुलेको छ।

राजस्व अनुसन्धान विभागले आफ्ना निकायका कार्यालयले भारतीय भन्सारले लगाएको शिलबन्दीलाई खोल्न नसक्ने बताउँदै आएको थियो। उच्च अदालतको आदेशमा भनिएको छ,‘ निवेदकको निवेदन माग बमोजिम ट्रकमा गरिएको सिलबन्दी नतोडिने हो र यथास्थितिमै उक्त ट्रकको मालबस्तु छाडी निर्यात गर्न दिने हो भने कानुन अनुसन्धान कारबाही प्रभावित हुने र कार्य अपूर्ण हुन जाने समेत देखिँदा निवेदकको निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन।’ 

तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई नेपाली उत्पादन भन्दै भारत लैजान लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो। सुपारीका निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले एक हप्ता अगाडि उत्प्रेषण परमादेश प्रतिषेध माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

सुपारी कारोबारी दीपक पोखरेलको समूहले सरकारी कोटा प्राप्त गरी इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई नेपालमा उत्पादन गरिएको भन्ने झुटो कागजात तयार गरेर भारत निर्यात गरिरहेका बेला मोरङ प्रहरीले गत साउन ८ गते ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी लोड गरिएका ८ वटा ट्रक विराटनगरको रानीबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले सुपारी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। 

Metro Mart
worldlink

एकैपटक ठूलो परिणाममा भारत लैजाने तयारी हुँदै गर्दा तस्करीको आशंकामा ट्रकसहित गत साउन ८ गते सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Aug 18, 2022| 17:57 बिहीबार, भदौ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।