बुधबार, वैशाख १७, २०८२

लुम्बिनी अस्पतालमा बन्‍यो १५० शय्याको छुट्टै प्रसूति भवन

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसूति भवनले बुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहात पुग्‍ने बताए। उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे। अस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १५० शय्याको प्रसूति भवनको उद्घाटन गरिएको छ। बुधबार सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा चार तले सुविधा सम्पन्‍न प्रसूती भवनको उद्घाटन गरेका हुन्।

सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण भएको हो। उद्घाटन समरोहमै मन्त्रीद्वयको उपस्थितीमा आयोजना इकाई कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरण समेत गरेको छ। कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसूति भवनले बुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहात पुग्‍ने बताए। उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे। अस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले मुटु, मृगौला तथा क्यान्सरजस्ता रोगका कारण वर्षेनि पाँच लाख नेपालीहरु गरीबिको रेखामा पर्ने गरेको तथ्यांक देखिएको बताउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए। उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे। मन्त्री खापुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको पनि बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रसूति भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुग्ने बताए। 

कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्प‍न्‍न भएको जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधा सम्पन्‍न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहात पुग्ने बताए। उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिन्छन् ।   

Metro Mart
worldlink

अपाङमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आईसीयू, एनआईसीयू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेशन रुम, मातृशीशु वार्ड, सम्पूर्ण बच्चाहरुको खोप लगाइने लगायतका कक्षहरु बनाइएको छ । 

प्रकाशित: Aug 17, 2022| 18:01 बुधबार, भदौ १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।