बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ०७४ मा एउटै विजयोत्सव मनाएका शंकर पोखरेल र कृष्णबहादुर महरा आमनेसामने

०७४ मा एउटै विजयोत्सव मनाएका शंकर पोखरेल र कृष्णबहादुर महरा आमनेसामने

बाम गठबन्धनमा दाङ बलियो देखिएको बेला हेवी वेट नेताको रुपमा चिनिएर २०७४ सालको निर्वाचन जितेका दुई ठूला दलका ठूला नेताहरुबीच अहिले संघीय निर्वाचनमा भेट हुने लगभग पक्का भएको छ। तर गठबन्धनका कारण दाङमा नेपाली कांग्रेसका केही सम्भावना भएका नेताहरु पछि पर्नेछन्।
 |  बिहीबार, साउन २६, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बिहीबार, साउन २६, २०७९

बाँके- बाम गठबन्धनको छाता ओढेर २०७४ सालको आम निर्वाचनमा होमिएका नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र नेकपा एमालेका नेता शंकर पोखरेलले दाङबाट नेपाली कांग्रेसलाई पत्तासाफ बनाएका थिए। तीन निर्वाचन क्षेत्र रहेको दाङमा तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यको सिटमा नेपाली कांग्रेसले एउटा प्रदेशसभाको सिटमा बिउ जोगाउन सकेको थिएन। तर बितेको यो पाँच वर्षमा भएको राजनीतिक उतारचढावले उनै कृष्णबहादुर महरा र शंकर पोखरेललाई आमनेसामने बनाइदिएको छ। 

आगामी मंसिर ४ गते सरकारले प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि दाङमा दलहरु आन्तरिक रुपमा चुनावी तयारीमा जुटिसकेका छन्। निर्वाचनमा दाङको तीनवटै संघीय र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार आफ्नो लबिङमा त लागेका छन् नै, गाउँमा पसेर चुवानी चर्चाको सुरु गर्न थालेका छन्। यसैक्रममा दाङ पुगेका महराले जनतासँग भेटघाट, छलफल गर्नुका साथै विकास निर्माणको अवस्थाका विषयमा अवलोकन गरेका छन्। उनले पार्टी र गठबन्धनका जिल्ला नेतासँग निर्वाचनको रणनीतिका विषयमा कुरा गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। 

अहिलेको पाँच दलीय गठबन्धनसँग एक्लै स्थानीय तहको निर्वाचनमा होमिएको नेकपा एमाले दाङमा आकलन गरिए जस्तो कमजोर देखिएन। हालै सम्पन्न स्थानीय निर्वाचनमा उपमहानगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सहितको गठबन्धनलाई हराएर विरासत संरक्षण गरेको नेकपा एमाले यो निर्वाचनमा पनि हरेस खाएको छैन। 

बाम गठबन्धनमा दाङ बलियो देखिएको बेला हेवी वेट नेताको रुपमा चिनिएर २०७४ सालको निर्वाचन जितेका यी दुई ठूला दलका उच्च नेताहरुबीच अहिले संघीय निर्वाचनमा भेट हुने लगभग पक्का भएको छ। तर गठबन्धनका कारण दाङमा नेपाली कांग्रेसका केही सम्भावना भएका नेताहरु पछि पर्नेछन्। दाङको लामो राजनीतिक इतिहासमा बलियो देखिने नेपाली कांग्रेसले गठबन्धनकै कारण केही नेताको सम्भावनालाई मार्न बाध्य हुनेछ। जसका कारण नेपाली कांग्रेसभित्र असन्तुष्टि जनाउने-नेता कार्यकर्ताको पंक्ति पनि प्रष्ट देखिने गरेको छ। 

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दुई उपमहानगरपालिकामा पराजित बनेको गठबन्धनभित्रका दलहरुले एकले अर्कालाई घात गरेको आरोप लगाउँदै आएका थिए। यो प्रवृत्ति अबको निर्वाचनमा नदेखियोस् भन्ने अधिकतम प्रयास गरेको दुवै दलका नेताहरुले बताएका छन्। त्यसका लागि संठगन विस्तार, सुदृढीकरण र प्रशिक्षणलाई मजबुद बनाएको नेताहरुको भनाइ छ। 

Metro Mart
worldlink

प्रकाशित: Aug 11, 2022| 17:40 बिहीबार, साउन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।