बुधबार, वैशाख १७, २०८२

जग्गा छ, पार्किङ सुविधा छैन

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

गलकोट- बागलुङ बजारस्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ। पार्किङको सुविधा पर्याप्त भए पनि कार्यालय समयमा पार्किङ ढोका खुल्दैन। कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन। 

नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा भने समस्या हुने गरेको छ। नेपाल टेलिकम मात्रै होइन जिल्ला प्रशासन कार्यालयलेसमेत सेवाग्राहीलाई पार्किङ सुविधा दिँदैन।

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन्। 

पर्याप्त जग्गा भएरसमेत सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत् कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयको पार्किङ ढोका समयमै खुल्दैनन्। विद्युत् कार्यालयको भित्र पार्किङस्थलमा त झनै ब्याडमिन्टन खेलका लागि प्रयोग हुँदै आएको छ। 

सेवाग्राहीलाई पार्किङका लागि स्वास्थ्य कार्यालय र आन्तरिक राजस्व लगायतका केही थोरै कार्यालयले मात्रै पार्किङ सुविधा दिँदै आएका छन्। 

Metro Mart
worldlink

साँघुरो बागलुङ बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई पार्किङ सेवा दिन आग्रह गरेको भए पनि सरकारी कार्यालयले अटेरी गरिरहेका छन्। नगरपालिकाले सुरुआती चरणमा भएका सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंकलेसमेत विस्तारै पार्किङको व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले दुई महिनाअघि अनुरोध गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। 

तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन्। 'पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ, जसमध्ये सरकारी कार्यालयले भएको जग्गामा पार्किङ सुविधा दिन आग्रह गर्ने, पार्किङस्थलको खोजी गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि पार्किङ सेवा दिने भन्ने हो,' उपप्रमुख खड्काले भने, 'हामी अहिले अध्ययनमै छौँ, तर सरकारी कार्यालयका सेवाग्राहीलाई पार्किङ सेवा नदिँदा सडकमै सवारी पार्किङ गर्दा समस्या आएको गुनासो छ।'

भएको जग्गामा पार्किङ सुविधा नदिएको विषयमा विद्युत् कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्लेले कार्यालयमा जग्गा अभाव भएको बताए। उनले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउँदै विद्युत् कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्किङ सेवा नदिएको बताए। तर कार्यालयमा ब्याडमिन्टन कोटसमेत बनाइएको छ। 

बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ। खासगरी सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयले भएको पार्किङ सुविधासमेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। 

अहिले एकातर्फी पार्किङले बागलुङ बजारको ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन। जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्किङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए। केसीले सबैको समन्वयमा मात्रै सहज ट्राफिक व्यवस्थापन हुने बताए।

प्रकाशित: Aug 10, 2022| 22:25 बुधबार, साउन २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।