बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जनजाती दिवसमा संघीयताबारे अन्तरक्रिया : संघीयताबारे भ्रामक दुष्प्रचार

जनजाती दिवसमा संघीयताबारे अन्तरक्रिया : संघीयताबारे भ्रामक दुष्प्रचार

आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको सरोकारवालाले बताएका छन्। संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार बन्नुपर्ने उनीहरुको भनाई छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

बुटवल- आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुष्प्रचार गरिएको सरोकारवालाले बताएका छन्। संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार बन्नुपर्ने उनीहरुको भनाई छ।

२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा संघीयताबारे मंगलबार बुटवलमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको बताएका छन्।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नियोजित रुपमा संघीयतालाई कमजोर बनाउने प्रयास भएको भन्दै सबैले खबरदारी गर्नुपर्ने बताए। नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राईले निर्वाचन प्रणाली खर्चिलो भएकाले संघीयता खर्चिलो भयो भन्ने प्रचार गरिएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएमा संघीयता महंगो भन्‍ने भ्रम गलत सावित हुने बताए।

नेकपा एकीकृत समाजवादीका नेतृ सरिता श्रीसले संघीयता, राज्य शक्तिको बांडफांड गरेर तल सम्म अधिकार दिने प्रणाली भएकाले यो खराब छ भन्ने दुस्प्रचार गलत भएको बताए। संघीयताले समाजिक एकता र राष्ट्रियता कमजोर बनाउने नभई बलियो बनाउने उनको भनाई छ।

नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहयोगमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता काजीमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष शंकर गाहा,सचिव चित्रलाल तुलाचन लगायतले बोल्दै संघीयताले आदिवासी जनजाति,पिछडिएका वर्ग समुदायलाई अधिकार दिएकाले भ्रममा पर्न नहुने बताएका थिए।

Metro Mart
worldlink

विश्व आदिवासी दिवसको अवसरमा महासंघले भूपि स्मृति पुस्तकालय र डम्बर तमु स्मृति अध्ययन केन्द्रलाई पुस्तकहरु हस्तान्तरण र आदिवासी जनजातिका विष्यमा कविता प्रतियोगिता गरेको थियो छ।  हरेक वर्ष अगस्त ९ तारिखलाई  विश्व आदिवासी दिवसका रुपमा मनाउने गरिन्छ।

प्रकाशित: Aug 09, 2022| 20:38 मंगलबार, साउन २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।