बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सडक निर्माणमा अनियमितता गर्ने हुम्ला र मुगुका १० जनाविरुद्ध मुद्दा दायर

सडक निर्माणमा अनियमितता गर्ने हुम्ला र मुगुका १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

सुर्खेत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत, डिभिजन वन अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीले विभिन्न आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो। 

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ। 

उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ। 

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं.७ टोप्ला गाउँमा आ.व. २०७६–०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन पदमार्ग निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालिन डिभिजन वन अधिकृत भरतबहादुर बुढ्थापा, सव इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सव इन्जिनियर हिमालकुमार मल्लसहित उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी लिएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ। सडक निर्माणमा सरकारलाई हानि नोक्सानी पुर्याई गैरकानुनी लाभ वा हानी पुर्याउने बदनियतले काम गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। 

Metro Mart
worldlink

उनीहरुले झुटा बिल बनाएर ६ लाख ३२ हजार ६७७ रुपैयाँ ५० पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ। 

प्रकाशित: Aug 08, 2022| 15:14 सोमबार, साउन २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।