बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीको विकास गर्न बोलेर होइन, व्यवहारमा देखाऔं : मुख्यमन्त्री शाही

कर्णालीको विकास गर्न बोलेर होइन, व्यवहारमा देखाऔं : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशमा सञ्‍चालित ठूला योजनाहरुको भदौभित्र टेन्डर प्रक्रियामा पूरा गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बोलेर भन्दा काम गरेर व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको बताए।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

सुर्खेत- कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशमा सञ्‍चालित ठूला योजनाहरुको भदौभित्र टेन्डर प्रक्रियामा पूरा गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बोलेर भन्दा काम गरेर व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको बताए। 

मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा शतप्रतिशत प्रगति देखिने गरेर काम गर्न पनि विभागीय मन्त्री र सचिवहरुलाई निर्देशन दिए। उनले इच्छाशक्ति भएमा थोरै समयमा उल्लेख्य कामहरु गर्न सम्भव रहेको बताउँदै समयमै व्यवस्थापनमा ध्यान दिन पनि कर्मचारीलाई सुझाव दिए। 

बाटो (सडक) बिना कर्णालीको तीव्र विकास सम्भव नभएको भन्दै मुख्यमन्त्री शाहीले 'कनेक्टिभिटी नै कर्णाली विकासको पहिलो आधार' बनाएर कर्णालीले बाटोलाई पहिलो प्राथमिकतामा राखेको बताए। मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि '६ ब’ लाई दृढताका साथ कार्यान्वयन गर्न समेत निर्देशन दिए। 

प्रदेश सरकारको नीति तथा कार्यक्रममै '६ ब’लाई कर्णाली विकासको प्रमुख आधारका रुपमा प्रस्तुत गरिएको उनले बताए।'प्रदेश सरकारले ल्याउको '६ ब’ (बाटो, बिजुली, वन, बजार, व्यवस्थापन र विचार) को अवधारणा कार्यान्वयनमा सबै क्षेत्रले प्राथमिकता दिएमा मात्र 'समृद्ध कर्णाली, सुखी कर्णालीबासी’को दीर्घकालीन सोच पूरा हुने उनको भनाई छ। 

विद्युतीकरण विना पनि समृद्धि सम्भव नभएको बताए। 'कर्णालीका पाँच जिल्लाहरुमा अझै राष्ट्रिय प्रसारणलाइन पुगेको छैन्,’ मुख्यमन्त्री शाहीले भने, 'विद्युतीकरणले नै आधुनिक जीवनमा मानिसहरुको जीवनस्तर वृद्धि हुन्छ।’ बहुमूल्य जडीबुटीदेखि उच्च मूल्यका कृषि वस्तुहरुको कर्णाली उर्वर भूमि रहेको बताउँदै वन क्षेत्रको संरक्षण, सम्बर्द्धन गर्दै यसको उपयोगमा ध्यान दिनुपर्ने बताए। 

Metro Mart
worldlink

प्रकाशित: Aug 04, 2022| 19:54 बिहीबार, साउन १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।