मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत
 |  शुक्रबार, साउन २०, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- गत साउन १३ गते नेपालकै शीर्ष १० भित्र पर्ने करिब ८ अर्बको कारोबार रहेको गौतमश्री सहकारीका सञ्चालक फरार भए। एभरेस्ट बैंकले सहकारीलाई सिल गरेपछि निक्षेप फिर्ताको माग गर्दै बचतकर्ता सहकारी विभाग घेराउ गर्न पुगे। त्यसअघि सहकारीमा सदस्य भएको वर्षौं बितिसक्दा पनि संस्थाको अवस्थाबारे बचतकर्ताहरू बेखबर थिए। सहकारी विभागमा गौतमश्रीविरुद्ध १ हजार ७५ जनाले बचत फिर्ताको माग गर्दै निवेदन दिएका छन्। 

आवेदनमा सहकारीबाट डेढ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप फिर्ताको माग दावी गरिएको छ। विभागमा आएको उजुरी अनुसार एकै जनाको ७५ लाख रुपैयाँसम्म निक्षेप छ। तर सो सहकारीविरुद्ध सबैले उजुरी दिएका छैनन्। गौतमश्रीको ७ अर्ब निक्षेप जोखिममा पुगेको विभागको भनाइ छ। 

विभाग स्रोतका अनुसार गौतमश्रीमा एकै व्यक्ति २५ करोड रुपैयाँसम्म निक्षेप छ। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको ९ करोड र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी अजेयराज सुमार्गी ८ करोड निक्षेप पनि उक्त सहकारीमा रहेको स्रोतको दाबी छ। एक करोडभन्दा बढी निक्षेप हुनेहरुले स्रोतको खोजी हुने डरले निक्षेपफिर्ताको माग गर्दै उजुरी दिन सकेका छैनन्। 

000

२०७८ पुसदेखि धरानको बराह बचत तथा ऋण सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न सकेन। लामो समयसम्म बचतफिर्ता गर्न नसकेपछि सहकारी पीडितहरूले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरे। पटकपटक स्थानीय सरकारदेखि सम्बन्धित निकायसम्मको ध्यानाकर्षण गराए। तर उनीहरुको माग सम्बोधन भएन। निक्षेप फिर्ता गराउन कुनै पनि निकायले पहल गरिदिएन। 

Metro Mart
worldlink

निक्षेप फिर्ताका लागि ध्यानाकर्षण गराउन गत साउन १६ गते संघर्ष समितिको नेतृत्वमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेका थिए। तर मेयर राईले अमर्यादित जवाफ दिएको भन्दै निक्षेपकर्ताहरू आक्रोशित बने। बचतकर्ता आन्दोलनकारीमा परिणत भए। आक्रोशित भिडले धरान उपमहानगरपालिकाको कार्यालयसमेत तोडफोड गरे। 

प्रकाशित: Aug 05, 2022| 07:46 शुक्रबार, साउन २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्