मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तकोसी रोक्ने दिनभरको प्रयास विफल, २६ हजार नागरिक प्रभावित हुने

सप्तकोसी रोक्ने दिनभरको प्रयास विफल, २६ हजार नागरिक प्रभावित हुने

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा पसेको छ। बुधबार विहान वडा नम्बर ८ बाट नदी बस्तीमा पस्दा ५ वटा वडा जलमग्न भएका छन्।
 |  बुधबार, साउन १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन १८, २०७९

विराटनगर– सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा पसेको छ। बुधबार विहान वडा नम्बर ८ बाट नदी बस्तीमा पस्दा ५ वटा वडा जलमग्न भएका छन्। 

बेलकाका वडा नम्बर ३ र ९ बढी प्रभावित भएका छन्। बिहान ४ बजेतिर बेलका–८ डुम्रेको लाहुरेकोट (एलके खोँच) बाट कोसी बस्तीमा पसेको वडाध्यक्ष जयकुमार राईले बताए। उनका अनुसार बाढीका कारण वडा नम्बर १, २, ३, ८ र ९ प्रभावित भएका छन्। 

नदी नियन्त्रणका लागि मंगलबार दिउँसोभरि गरिएको प्रयास विफल भएको उनले बताए। उनले भने, ‘हिजो दिउँसोभर नदी नियन्त्रणका लागि काम गरेका थियौं।’ बुधबार बिहान नदी बस्तीमा पसेको वडाध्यक्ष राईले बताए। सप्तकोसीको बहाव बढिरहेकाले यसको संकेत पहिले नै देखिएकाले नियन्त्रणको काम भइरहेको उनले बताए। वडाध्यक्ष राईले भने,‘ स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध बाँध्ने काम गरिरहेका थियौं।’

बेलकाको वडा नम्बर ३ का ७ वटा टोल पूरै डुबानमा परेको वडाध्यक्ष टंकप्रसाद आचार्यले जानकारी दिए। ३ हजार ७५० नागरिक डुबानबाट प्रत्यक्ष प्रभावमा पर्ने उनले बताए। वडाध्यक्ष आचार्यले भने, ‘२–४ घण्टामा वडा नम्बर ३ का अधिकांश घरहरु डुबानमा परिसक्नेछन्।’ सप्तकोशीको बाढी निरन्तर बढिरहेकाले उद्धारमा समस्या भएको उनले बताएका छन्। वडाध्यक्ष आचार्यले भने, ‘यातायातका साधनहरु लगेर उद्धार गरेर ल्याउने अवस्था छैन।’ विपद् व्यवस्थापनका लागि जिल्लादेखि लिएर सम्पूर्ण टिम अहिले उद्धारमा खटिएको उनले बताए। बेलका नगरपालिकाका ५ वटा वडा पूरै डुबानमा पर्दा करिब २६ हजार नागरिक प्रत्यक्ष प्रभावित हुने उनले बताए। 

प्रभावित क्षेत्रका मानिसहरुलाई व्यवस्थित रुपमा राख्ने काम भइरहेको नगर प्रमुख अशोक कार्कीले बताए। उनले भने, ‘अहिले हामीले उद्धारसँगै उनीहरुको व्यवस्थापनमा खटिएका छौं।’ सप्तकोसीको भंगालो बस्ती पसेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ।  

Metro Mart
worldlink

३३ वर्षपछि सप्तकोसी नदी पश्चिम मोडिँदा उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडा प्रभावित बनेका हुन्। २०४५ सालसम्म सप्तकोसी पश्चिम बगिरहेको थियो। त्यसपछि पूर्वतिर गयो। ३३ वर्षपछि सप्कोसी नदीको भंगालो पुनः पश्चिम फर्किएको स्थानीयवासीले बताएका छन्। यसअघि २०६५ भदौ २ गते सप्तकोसी नदीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर गाउँ पुर्दा सात हजार पाँच सय ७२ घरका ४२ हजार ८ सय विस्थापित भएका थिए।


प्रकाशित: Aug 03, 2022| 11:50 बुधबार, साउन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।