मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दुई छोरी जसले आमाको हत्या गर्ने बाबुलाई सजाय दिलाउन रगतले चिठी लेखे

दुई छोरी जसले आमाको हत्या गर्ने बाबुलाई सजाय दिलाउन रगतले चिठी लेखे

सन् २०१६ को जुन १४ का दिन बिहान मनोज वंशलले श्रीमती अनुमाथि मट्टितेल छर्केर आगो लगाएको वंशल दिदीबहिनीले बयान दिएका छन्। मनोजलाई उनको परिवारका सदस्यहरूले पनि साथ दिएको उनीहरूको भनाइ थियो।
 |  शुक्रबार, साउन १३, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, साउन १३, २०७९

उत्तर प्रदेश (भारत)- जिउँदै जलाइएकी आफ्नी आमाको न्यायका लागि आफ्नै रगतले चिठ्ठी लेखेका दुई भारतीय किशोरीले अन्तत: ६ वर्षपछि सफलता पाएका छन्। आफ्नी आमाको हत्या गर्ने बाबुलाई अदालतले आजीवन कारावासको सजाय गरेपछि उनीहरूले न्याय पाएको महसुस गरेका हुन्। 

२१ वर्षीया लतिका वंशल र उनकी कान्छी बहिनीको उजुरीका आधारमा अदालतले उनीहरूका बुबा मनोज वंशललाई आजीवन कारावासको सजाय सुनाएको हो। छोरा नजन्माएको भन्दै आफ्ना बाबुले आमालाई कुटपिट गर्ने गरेको किशोरीहरूले अदालतमा बयान दिएका थिए। 

उता मनोजले भने आरोप अस्वीकार गरेका थिए। उनले श्रीमतीले आत्महत्या गरेको भन्दै हत्यामा आफ्नो संलग्नता नभएको भन्दै इन्कारी बयान दिएका थिए। यद्यपि, उत्तर प्रदेशको बुलन्दसर अदालतले 'छोरो नजन्माएको' आरोपमा वंशलले श्रीमतीको हत्या गरेको ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हो। 

भारतमा छोराहरूलाई प्राथमिकता दिइन्छ। छोराले पारिवारिक विरासत धान्ने र बुढेसकालमा आमाबाबुको हेरचाह गर्ने तर छोरीहरूलाई विवाहमा दाइजो दिनुपर्ने भएकाले खर्च बढाउने अन्धविश्वास छ। छोरालाई प्राथमिकतामा पार्दा भारतमा बर्सेनी ठूलो संख्यामा गर्भको लिंग पहिचान गरी भ्रूणहत्या हुने गरेको छ। 

सुनुवाइका क्रममा वंशल दिदीबहिनीले आफ्ना बुबा र उनको परिवारले छोरी मात्र जन्माएको भन्दै आमा अनु वंशललाई बारम्बार गाली र कुटपिट गरेको बताएका थिए। उनीहरूले आमामाथि चरम यातना दिएको देखेरै आफूहरू हुर्किएको उल्लेख गरेका थिए। 

Metro Mart
worldlink

भ्रुणको लिंग पहिचान गर्दा छोरी नै देखिएपछि अनु ६ पटकसम्म गर्भपतन गराउन बाध्य भएकोसमेत अदालतको फैसलामा उल्लेख छ। 

सन् २०१६ को जुन १४ का दिन बिहान मनोज वंशलले श्रीमती अनुमाथि मट्टितेल छर्केर आगो लगाएको वंशल दिदीबहिनीले बयान दिएका छन्। मनोजलाई उनको परिवारका सदस्यहरूले पनि साथ दिएको उनीहरूको भनाइ थियो। 

'बिहान साढे ६ बजे आमाको रोएको आवाजले ब्युँझ्यौं। हामीले उहाँलाई मद्दत गर्न सकेनौं किनभने हाम्रो कोठाको ढोका बाहिरबाट बन्द थियो। हामीले उहाँलाई जलेको देख्यौं,' किशोरीहरूले बयानमा भनेका छन्। स्थानीय प्रहरी र एम्बुलेन्स सेवालाई आफूहरुले बोलाए पनि बेवास्ता गरेको आरोप लगाएका छ। यसपछि मामा र हजुरआमालाई बोलाएर आमालाई अस्पताल लगिएको बयानमा भनेका छन्।

प्रकाशित: Jul 29, 2022| 20:08 शुक्रबार, साउन १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।