बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका सात संसदीय समितिले पूर्णता पाए, पाँचवटामा एमालेको नेतृत्व

लुम्बिनीका सात संसदीय समितिले पूर्णता पाए, पाँचवटामा एमालेको नेतृत्व

राजनीतिक दाउपेचका कारण रिक्त रहेको लुम्बिनीको संसदीय समितिले लामो समयपछि पूर्णता पाएको छ। करिब डेढ वर्षसम्म रिक्त रहेका विषयगत समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत पदाधिकारी टुंगिएको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

बुटवल– राजनीतिक दाउपेचका कारण रिक्त रहेको लुम्बिनीको संसदीय समितिले लामो समयपछि पूर्णता पाएको छ। करिब डेढ वर्षसम्म रिक्त रहेका विषयगत समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत पदाधिकारी टुंगिएको हो। 

४ समितिमध्ये तीनमा एमाले र एकमा जनमोर्चाका सांसदले नेतृत्व पाएका छन्। यसमध्ये महत्वपूर्ण मानिने प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन्। समितिको सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गिता थापा सदस्य छन्।

अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा सभापति तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। 

सभामुख पूर्ण घर्ती मगरले निर्वाचनको मिति घोषणा गर्दै बुधबार उम्मदेवार मनोनयनको समय तोकिएको थियो। बिहीबार सभामुख घर्तीले विषयगत समितिका पदाधिकारीहरु निर्वाचित भएको घोषणा गरेका हुन्। यसअघि सरकार र विषयगत समितिमा सहभागी नभएको राष्ट्रिय जनमोर्चाले यो पटक अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति पाएको हो। समितिका सदस्यहरुमा थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मो. याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन्।

त्यस्तै कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल अष्टभुजा पाठक, रुन्दावती शर्मा, दिपेन्द्र कुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन्। त्यस्तै सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, बिरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन्। प्रदेश मामिला तथा कानुन समितिको सभापतीमा नेकपा माओवादी केन्द्रका दामाकुमारी शर्मा, भौतिक पूर्वाधार विकास समितिमा एमालेका आशा स्वर्णकार र बिशेष समितिमा पनि एमालेका कमलराज श्रेष्ठ सभापति छन्। 

Metro Mart
worldlink

प्रदेशसभामा रहेका ७ विषयगत संसदीय समितिको नेतृत्वमा एमालेले ५, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले १–१ वटा बिषयगत समितिको नेतृत्व पाएका छन्। गठबन्धनको सरकार भएपनि विपक्षी दललाई शक्ति सन्तुलन कायम गर्नका लागि विषयगत समितिको नेतृत्व सहमतिमै दिइएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए। निर्वाचित समितिका सभापति र सदस्यहरुको शुक्रबार सपथ हुने प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रकाशित: Jul 28, 2022| 13:26 बिहीबार, साउन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।