बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • टिकटक बनाउँदा कुपिन्डेमा बेपत्ता भएका व्यक्ति २४ घण्टापछि मृत भेटिए

टिकटक बनाउँदा कुपिन्डेमा बेपत्ता भएका व्यक्ति २४ घण्टापछि मृत भेटिए

टिकटक भिडियो बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा मंगलबार दिउँसोदेखि बस्नेत बेपत्ता थिए।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

सल्यान- टिकटक भिडियो बनाउनका लागि कुपिन्डे दहमा प्रवेश गरेका २४ घण्टापछि मृत भेटिएका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका-८ स्थित कुपिण्डे दहमा डुबेर बेपत्ता भएका कपुरकोट गाउँपालिका-६ सिनबाङका वेदबहादुर बस्नेत मृत अवस्थामा भेटिएका हुन्।

टिकटक भिडियो बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा मंगलबार दिउँसोदेखि बस्नेत बेपत्ता थिए। सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव भेटाएको हो। करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

धादिङको खानीगाउँ गाउँपालिका-३ का ३२ वर्षीय मूलबहादुर तामाङलाई घुमाउनका लागि बस्नेत मंगलबार कुपिण्डे ताल पुगेका थिए। उनीहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा रहँदा साथी बनेका थिए। 

बस्नेतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइने प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 27, 2022| 15:29 बुधबार, साउन ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।