बिहीबार, वैशाख १८, २०८२

पाल्पा बस दुर्घटना : मृतकमध्ये ३ महिला, ३ पुरुष

गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा आइतबार साँझ दुर्घटना हुँदा मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

Metro Mart
worldlink

बुटवल– गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा आइतबार साँझ दुर्घटना हुँदा मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ।  

गुल्मीबाट बुटवल जाँदै गरेको  लु १ ख ५९५२ नम्बरको बस पाल्पा रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले पुष्टि गरे। उनका अनुसार १६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।

दुर्घटनाका घाइतेहरूलाई  जिल्ला  प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको छ। घाइतेहरुको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ।


प्रकाशित: Jul 24, 2022| 19:05 आइतबार, साउन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।