बिहीबार, वैशाख १८, २०८२

तिलोत्तमामा कांग्रेस-एमालेले समितिमा गरे भागबन्डा, बजेट पारित

निकै तनावपूर्ण बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्ततः समितिमा राजनीतिक भागबन्डा मिलेपछि विवाद साम्य भएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

बुटवल- निकै तनावपूर्ण बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्ततः समितिमा राजनीतिक भागबन्डा मिलेपछि विवाद साम्य भएको छ। 

अल्पमतमा रहेको नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाँण र बहुमतमा रहेको नेकपा एमालेबाट निर्वाचित जागेश्वरीदेवी चौधरीबीच सोमबार साँझ अबेरसम्म छलफलपछि सहमति जुटेपछि विवाद साम्य भएको हो। 

८९ नगरसभा मध्ये एमालेका बहुमत ४८ सदस्य रहेकाले समितिहरूमा आफूहरूको नेतृत्व र सदस्य हुनुपर्ने अडानका कारण नगरसभा सञ्चालनमा अड्चन देखिएको थियो। कांग्रेसले न्यायिक समितिमा एक जना सदस्य राख्नुपर्ने अन्यथा तत्काललाई बजेट मात्रै पारित गर्नुपर्नेमा नगरप्रमुख र समिति समेत एकैचौटी टुङ्ग्याउनुपर्ने अडानमा उपप्रमुख रहेकी थिइन्।  

प्रमुख र उपप्रमुखबीच सहमति नभएपछि असार २१ गतेको नगरसभा स्थगित गर्दै २६ गतेका लागि सारिएको थियो। त्यसैगरि असार ३१ गते पनि एमालेका जनप्रतिनिधिले माइन्यूटमा हस्ताक्षर नगरेपछि असार १ गते नगरसभा सारिएको थियो। तर, असार १ गते आइतबार एमालेबाट निर्वाचित ४८ मध्ये ४१ जनाले हस्ताक्षर गरेपछि नगरप्रमुख खाँणले नगरसभा स्थगित गरेका थिए। 

सभा स्थगित भएपछि प्रमुख प्रशासकीय जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गर्दै एमालेका जनप्रतिनिधि विरोधमा उत्रेका थिए। आइतबार नगरसभा स्थगित भएपछि नाराबाजीका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाध्यक्षलाई धकेलेर स्विमिङ पुलमा खसालेका थिए । त्यसपछि स्थिति थप तनावग्रस्त बनेको थियो। 

Metro Mart
worldlink

भागबन्डामा कुरा मिलेपछि नगरसभा सुरु भएको हो। नगरसभाले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्त बहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ। संयोजक र एक सदस्य एमालेले पाएको छ भने बस्नेत काँग्रेसका तर्फबाट सदस्य बनेका हुन्। 

यस्तै लेखा समिति एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल –एमाले) र  पूर्ण प्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य रहेको समिति गठन गरेको छ। त्यसैगरि कांगेसबाट निर्वाचित वडा नम्बर १३ का अध्यक्ष नारायण प्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र  बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति गठन गरिएको छ। 

त्यसैगरि काँग्रेसबाट निर्वाचित वडा न. ५ का अध्यक्ष रमेश डुम्रेको संयोजकत्वमा चूर्णा कुमारी विष्ट भण्डारी(काँग्रेस) र  क्षितिजा पौडेल (एमाले) रहेको सुशासन समिति गठन गरिएको छ। बजेट तथा समितिका नामहरू उपप्रमुख जागेश्वरीदेवी चौधरीले प्रस्ताव गरेकी थिइन्। 

 नगरप्रमुख रामकृष्ण खाँणले सर्वसम्मत रूपमा नगरसभाले बजेट र समितिहरू गठन गरेकोमा नगरसभाका सदस्यहरूलाई धन्यवाद दिँदै नगरसभा बैठक समापन भएको घोषणा गरे।

प्रकाशित: Jul 20, 2022| 08:46 बुधबार, साउन ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।