बुधबार, वैशाख १७, २०८२

सत्तारुढ दलले प्रदेशसभा बैठक बहिष्कार गरेपछि...

नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेको छ। माओवादीको बहिष्कारपछि प्रदेशसभा बैठक स्थगित भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

सुर्खेत- नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेको छ। माओवादीको बहिष्कारपछि प्रदेशसभा बैठक स्थगित भएको छ। 

प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै उठेर नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाए। 

'विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया र गठबन्धनको निर्णयमा संयोजन हुन्थ्यो । त्यो अहिले गर्न किन भुल्नु भएको हो मुख्यमन्त्रीज्यू?' भन्दै उनले बैठकमा प्रश्न गरेका थिए।

अघिल्लो सरकारले परिवर्तनका लागि नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति भत्ता, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको तर र सरकारले अहिलेसम्म त्यो कार्यान्वयनमा नल्याएकाले बजेट फ्रिज भएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए। 

संसदीय गतिविधिमा संसदीय दलको सहमतिमा संसदीय समितिका नेतृत्व सहमतिमै टुङ्ग्याइएको तर नेकपा माओवादीको केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व अहिलेसम्म विभिन्न बाहनामा नेतृत्वविहीन बनाइएको उनले जिकिर गरे। उनका अनुसार समितिको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया बढाएर अन्तिम उम्मेदवारी दर्ता गर्न सचिवालयको टेबुल गएको बेला सचिवालयले माथिको आदेश भनेर रोकेको र आजसम्म त्यसलाई आलटाल गरेर राखिएको छ। 

Metro Mart
worldlink

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियमविपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिञ्जा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको जनाए। 

सरकारले माओवादीलाई लतारेर लिन सकिन्छ भन्ने सोच त होइन भन्दै उहाँले संसद् र संसदीय समितिमा एकाधिकारवादी रवैया रहेको टिप्पणी गरे। यसले समग्र प्रक्रियामा माओवादीको भूमिका र जिम्मेवारीलाई कुण्ठित पारेर संसदीय विधेयकमा सांसदका धारणा प्रस्फुटित हुन सक्ने अवस्था नरहेको प्रदेशसभा सदस्य शर्माको भनाइ थियो। 

सरकार एकलौटी तरिकाले चल्न सकिन्छ कि भन्ने सोचबाट अगाडि बढेको आरोप लगाउँदै उनले माओवादीले उठाएका सवाल एवं विषयमा उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेपश्चात केन्द्रका सबै सदस्य सभाबाट बाहिरएका थिए। सत्ता गठबन्धनको प्रमुख दल माओवादी बाहिरिएपछि सभामुख राजबहादुर शाहीले बैठक स्थगित भएको घोषणा गरे। 

प्रकाशित: Jul 19, 2022| 22:50 मंगलबार, साउन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।