शनिबार, जेठ २५, २०८२

बालिका बलात्कारको घटना गाउँमै मिलापत्र

६ महिनाअघि ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै सामसुम पारिएको खुलासा भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

विराटनगर– ६ महिनाअघि ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै सामसुम पारिएको खुलासा भएको छ। 

गत वर्ष माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो। घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मौखिक रुपमा मिलापत्र भएको पाइएको छ।  

बलात्कार घटना मिलापत्र गराएको थाहा पाएपछि गत असार ३० गते  पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा आरोपित पुरीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 

जागिरको शिलशिलामा घरबाहिर रहेको पीडितका बुबा घरमा आएको समयमा बलात्कार घटना मिलापत्र गराएको थाहा भएपछि घटना बाहिरिएको थियो। बलात्कार घटनापछि बालिकालाई पिसाबमा समस्या भएको थियो।

पीडितका बुबाले भने,‘ पटक–पटक चिकित्सकलाई देखाउँदा पनि निको नभएपछि छोरीले घटनाबारे सुनाइन्।’ श्रीमती र छोरीलाई ज्यान मार्नेसम्मको धम्की दिएर मिलापत्र गराएको आफूले पाएको उनले सुनाए। उनले भने, ‘घरमा आमा–छोरी मात्रै बस्थे, ज्यान  मार्ने धम्की दिएपछि डराएछन्।’

प्रकाशित: Jul 19, 2022| 17:55 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।