बिहीबार, वैशाख १८, २०८२

सहमतिपछि सुरु भयो तिलोत्तमाको नगरसभा

नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच भएको विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा सुरु भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

Metro Mart
worldlink

बुटवल– नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच भएको विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा सुरु भएको छ। नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरी चौधरीबीच सोमबार साँझ छलफल भएपछि अहिले नगरसभा सुरु भएको हो। 

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच भएको असमझदारी हटाउने, न्यायिक समितिमा नेपाली कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरु गठन गर्ने विषय समावेश गर्ने सहमति भएपछि नगरसभा सुरु भएको हो। यसअघि न्यायिक समितिमा कांग्रेसका तर्फबाट एक जना सदस्य राख्न माग गरेको तर यही विषयमा एमालेले अस्वीकार गरेको भन्दै जनप्रतिनिधिबीच मतभेद सुरु भएको थियो। 

नगरसभा शुरु गर्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीले कार्यपालिका बैठक बसेर सहज रुपमा नगरसभा सञ्चालन गर्ने र जनप्रतिनिधिलाई पोखरीमा खसाल्ने प्रहरी अधिकृतलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएकाले नगरसभा सुरु गरिएको जानकारी दिइन्। यसअघि तिलोत्तमामा गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले २ पटक नगरसभा स्थगित गरेका थिए।

प्रकाशित: Jul 19, 2022| 12:21 मंगलबार, साउन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।