मंगलबार, वैशाख १६, २०८२

प्रहरीसँगको धकेलाधकेलमा पोखरीमा खसालिए वडाअध्यक्ष

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ। वडाअध्यक्षलाई प्रहरीले स्विमिङ पुलमा खसालेको भन्दै एमाले थप आक्रामक बनेको छ।
 |  आइतबार, साउन १, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, साउन १, २०७९

बुटवल- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरू दलीय आधारमा विभाजित भएपछि आइतबार दिनभर तनावग्रस्त बनेको छ। 

यसअघि राम्रो काम गरेर नमुना बनेर राष्ट्रिय चर्चा पाएको तिलोत्तमा आइतबार जनप्रतिनिधिबीचको झगडाले राष्ट्रिय चर्चा पाएको हो। आर्थिक बर्ष ०७९/८० को बजेट पारित गर्न बसेको नगरसभाको बैठकमा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच सहमति हुन नसक्दा नगरसभामा हात हालाहाल र प्रहरीले समेत बल प्रयोग गरेको छ।

नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। कांग्रेस रूपन्देहीका सभापतिसमेत रहेका खाँण र एमाले नेतृ जागेश्वरीदेवि चौधरीबीच नगरसभामा प्रस्तुत गरिने एजेन्डाबारे सहमति नजुट्दा नगरसभामा विवाद सुरु भएको थियो। 

एमालेका जनप्रतिनिधिले न्यायिक समिति सहित, लेखा, विद्यान समिति टुग्याउनुपर्ने र मेयर खाँणसहित काँग्रेस जनप्रतिनिधि बजेट मात्रै पारित गर्ने पक्षमा विभाजित भएपछि झगडामा परिणत भएको हो। ९० सदस्यीय जनप्रतिनिधि रहेको तिलोत्तमामा ४२ जना मात्रैको उपस्थिति भएको भन्दै नगरप्रमुखले सभा स्थगित गरेका थिए। त्यसपछि एमाले जनप्रतिनिधि आक्रोशित भएका थिए। त्यसपछि नगरसभा स्थल मणिग्राम पार्टी प्यालेस नाराबाजी होहल्लाले अस्तव्यस्त भएको हो।

प्रकाशित: Jul 17, 2022| 23:24 आइतबार, साउन १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।