मंगलबार, वैशाख १६, २०८२

त्रिविको कमजोरीमा भीसीको जवाफ- नेताले राजनीतिकरण नगरे सुधार्न सकिन्छ

‘एउटा मात्रै गल्ती होइन, सिरीजमा गल्ती भइरहेको छ। यसमा घुसपैठ पनि हुनसक्छ’ भन्दै सांसद मनकुमारी जिसीले आरोप लगाइन्। पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेलले गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने बताए। उनले सुधारिएर काम गर्न निर्देशन दिए।
 |  बिहीबार, असार ३०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार ३०, २०७९

काठमाडौं- बिहीबार संसदीय समितिको शिक्षा तथा स्वास्थ्य समितीको बैठक त्रिविले परीक्षामा गरेको लापरबाही केन्द्रित थियो। बैठक सुरु भएको केही समयमै त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले त्रिविको परीक्षामा ४ वटा कमजोरी भएको स्वीकार गरे। 

असार १८ र २३ गते त्रिविको स्नातकोत्तरका दुई वटा विषयमा गत वर्षको प्रश्न हुबहु दोहोरिएको र असार २२ र २५ गतेका स्नातक तहका दुई विषयका परीक्षामा पनि प्रश्नपत्र दोहरोरिएको उनको भनाइ छ। स्नातकोत्तरका परीक्षा रद्द गरिएको र स्नातकका परीक्षा साउन १ र ३ गतेलाई सारिएको उनले जानकारी गराए। 

बैठकभर सांसद, उपकुलपति, सहकुलपति तथा शिक्षामन्त्री यिनै विषय वरीपरि घुमिरहे। सांसदहरुले गल्ती गर्ने कर्मचारीलाई उपकुलपतिले नैतिकताको आधारमा तत्काल कारबाही गर्न पर्ने सुझाइरहे। यो एउटा गल्ती मात्रै नभई नियोजित पनि हुनसक्ने भन्दै सांसदहरुले उपकुलपतिसमक्ष आशंका व्यक्त गरे। 

‘एउटा मात्रै गल्ती होइन, सिरीजमा गल्ती भइरहेको छ। यसमा घुसपैठ पनि हुनसक्छ’ भन्दै सांसद मनकुमारी जिसीले आरोप लगाइन्। पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेलले गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने बताए। उनले सुधारिएर काम गर्न निर्देशन दिए। 

सांसद योगेश भट्टराई केहीले उपकुलपति बास्कोटालाई मलिन अनुहारमा देखेको उल्लेख गर्दै भने, ‘मैले यो ५ वर्षको कार्यकालमा पहिलोपटक सबैभन्दा ठूलो विश्वविद्यालयको विषयमा छलफल गर्दैछौं त्यो पनि प्रश्नपत्रको विषयमा। मेरो अपेक्षा के हो भने धर्मकान्त बास्कोटा प्रख्यात व्यक्तिलाई अगाडि राखेर विश्वविद्यालयको नेपालको समग्र शिक्षाको एजेन्डामा छलफल गर्नुपर्ने हो। तर लज्जास्पद कुरामा छलफल गरिरहेका छौं। मलाई लाग्छ भीसी सापको अनुहारले पनि त्यो ग्लानी महसुस गरेको देखिन्छ। एउटा बौद्धिक मान्छे कहाँ आएछु भन्ने भएको होला, तपाँईंको अनुहार पढ्दा मलाई लागेको कुरा हो यो।’ बैठकभरि सांसदले भीसीमाथि प्रश्न थुपारिरहे, भिसीकै निकटको मान्छे भएपनि कारबाही गर्न पछि हट्न नहुने भनिरहे। 

Metro Mart
worldlink

बैठकको अन्त्यतिर उपकुलपतिले पुनः बैठकमा उठेका प्रश्नको उत्तर दिन थाले। उनले सांसद भट्टराई प्रति लक्षित गर्दै भने, ‘तपाईंहरुमा यो भ्रम नपरोस् कि म कानुनको कठघरामा उभिएर विक्षिप्त भएको होइन। म उत्साहित भएको छु, जुन सरकारको विषय हो माननियज्यूहरुले राखिदिनुभयो। यो हाम्रो विषय हो। उच्च शिक्षालाई विशिष्टीकृत रुपमा लैजाऔँ भन्ने हो। मेरो अनुहार जस्तो देखिएपनि तपाइहरुले यसलाई पोजेटिभ रुपमा लिनुहोला। म यहाँ अरु प्रतिनिधिलाई पनि पठाउन सक्थें तर मेरो यो नैतिक जिम्मेवारी हो भनेर म आएको हुँ। भिसी कर्तव्यविमुख छ भन्ने सन्देश नजाओस् भनेर।’


प्रकाशित: Jul 14, 2022| 18:28 बिहीबार, असार ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्