बुधबार, वैशाख १७, २०८२

जफत गरेका सवारी लिलाममा बिक्री गर्दै कर्णाली सरकार

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिए।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

सुर्खेत-  कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा आज बसेको बैठकले लिलाम बिक्री गर्ने निर्णय गरेको हो। 

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिए। 

प्रदेश यातायात कानुन तत्काल बनिनसकेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनका आधारमा सरोकारवालाहरूलाई सहभागी गराई यथाशीघ्र भाडादर निर्धारण/कायम/समायोजनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई लेखी पठाउने निर्णय भएको उनले जानकारी दिए। 

सचिव भट्टका अनुसार प्रदेशमा सञ्चालित अटो रिक्साको व्यवस्थापनका निम्ति यातायात व्यवस्था कार्यालय सुर्खेत वा सम्बन्धित स्थानीय तहमा दर्ता भएका अटो रिक्साको विवरण प्रदेश ट्राफिक कार्यालयलाई उपलब्ध गराउने र प्रदेश ट्राफिक कार्यालयले सोको उचित व्यवस्थापन गर्ने, गराउने समेत बैठकले निर्णय गरेको छ।

बैठकमा मन्त्री रोकायाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।निर्णयअनुसार सुर्खेत प्रहरीमा जफत भएका सबै सवारी साधन प्रक्रियाअनुसार लिलाम बिक्री हुने जनाइएको छ।

Metro Mart
worldlink

बैठकमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रतिनिधि चन्द्रबहादुर खत्री, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, सुर्खेत जिल्ला अदालतका प्रतिनिधि मोतिप्रसाद देवकोटा सहभागिता रहेको थियो।

प्रकाशित: Jul 12, 2022| 22:00 मंगलबार, असार २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।