बिहीबार, वैशाख १८, २०८२

लुम्बिनीको भेटी गन्न ९० जनशक्ति खपत, अपेक्षाभन्दा कम संकलन

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

बुटवल- महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनी स्थित मायादेवी मन्दिरमा २२ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ। मंगलबार सकिएको भेटी गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो। 

गणना कार्यका लागि सुरक्षाकर्मी र कर्मचारीसहित दैनिक ३० जनाका दरले ३ दिनमा ९० जना जनशक्ति खपत कोषले जनाएको छ। कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको कोषाध्यक्ष भट्टराईले बताए। 

अघिल्लो पटक गत चैत १८ गते दानपत्र खोलिएको थियो। भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

प्रकाशित: Jul 05, 2022| 20:49 मंगलबार, असार २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।