मंगलबार, वैशाख १६, २०८२

मोरङका ९३ प्रतिशत उम्मेदवारद्वारा निर्वाचन खर्च बुझाउन आलटाल

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना बितिसकेको छ। तर, निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन कार्यालयमा खर्च बुझाउन आलटाल गरिरहेका छन्।
 |  आइतबार, असार १९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, असार १९, २०७९

विराटनगर- स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना बितिसकेको छ। तर, निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन कार्यालयमा खर्च बुझाउन आलटाल गरिरहेका छन्। 

स्थानीय तह निर्वाचनमा मोरङबाट ४ हजार ३ सय बढी उम्मेदवार बनेका थिए। निर्वाचन कार्यालयमा ७ प्रतिशतले मात्रै खर्चको विवरण पेस गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारले बताए। 

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ अनुसार निर्वाचन सकिएर अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले चुनावका बेला आफूले गरेको खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ। चुनावमा प्रयोग गरेको सवारीसाधन, कार्यकर्ता एवं प्रतिनिधि परिचालन, कार्यालय सञ्चालन, प्रचारप्रसार, इन्धन, ढुवानीलगायतमा गरेको खर्चको विवरण उम्मेदवारले निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ। 

कार्यालय प्रमुख अधिकारीले तोकिएको समयमा खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही हुने बताए। खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

स्थानीय तह निर्वाचनका समयमा भएको खर्चको विवरण चाँडो बुझाउन पत्राचारसमेत गरिसकिएको अधिकारीले बताए । उनले भने,‘ खर्चको विवरण नबुझाउनेलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने छ।’

Metro Mart
worldlink

निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि चार लाख ५० हजारसम्म, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार र वडाध्यक्षका लागि दुई लाखसम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ। सीमा नाघेर खर्च गर्नेलाई भने ऐनको दफा २६ अनुसार सोही बराबरको जरिवाना हुने कानुनी व्यवस्था छ। 

गत वैशाख ३० गते सम्पन्न निर्वाचनका लागि मोरङमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर प्रमुख, उपप्रमुख वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यसमेतका पदमा ४ हजार ३ सय ४६ जनाले उम्मेदवारी दिएका थिए। ३ सय १५ जना उम्मेदवारबाट मात्रै निर्वाचन आयोगलाई खर्चको विवरण प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताए।  

निर्वाचनमा ८ सय २९ जना निर्वाचित भए। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले भने निर्वाचन लगत्तै बजेट निर्माणमा लाग्नु परेका कारण खर्च विवरण पेस गर्न नसकेको बताएका छन्। उनीहरूले चाँडै पेस गर्ने बताए।

प्रकाशित: Jul 03, 2022| 07:05 आइतबार, असार १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।