मंगलबार, वैशाख १६, २०८२

श्रीमतीसँग झगडा हुँदा आगो लगाएर हत्या

मोरङको रंगेली १ बिर्ता बजारका तिलका मल्लिकले श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। २३ वर्षीया मल्लीकले ३० वर्षीया बबिता मल्लिकको आगो लगाएर हत्या गरेका हुन्।
 |  शनिबार, असार १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, असार १८, २०७९

विराटनगर- मोरङको रंगेली १ बिर्ता बजारका तिलका मल्लिकले श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। २३ वर्षीया मल्लीकले ३० वर्षीया बबिता मल्लिकको आगो लगाएर हत्या गरेका हुन्। 

खाना खाने बेलामा पत्‍नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तिलका र बबिता सरसफाईको काम गर्थे। तिलकाले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति-पत्‍नीबीच बारम्बार झगडा भइरहने स्थानीयबासीले बताएका छन्। 

श्रीमतीको शरीरमा मट्टितेल छर्किएर आगो लगाएको खुलेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबारराति १० बजेतिर उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो। बबिताको उपचारका क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। 

श्रीमतीलाई आगो लगाएपछि तिलकाले घरमा आगलागी भएको भनेर प्रहरीलाई खबर गरेपछि उनी फरार बनेका थिए। घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको थियो। आगलागीबाट २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। पत्नीलाई लगाएको आगोले घर पनि जलेर नष्ट भएको छ। 

तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीले राती नै पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए।

Metro Mart
worldlink

प्रकाशित: Jul 02, 2022| 17:45 शनिबार, असार १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।