बुधबार, वैशाख १७, २०८२

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ। गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

विरेन्द्रनगर- सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ। गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो।

अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू-भागमा डुबानमा पर्ने गरेको छ। इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन्। यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ। जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै गएको छ। “माथिल्लो खण्डमा अपवादबाहेक २०–२५ मिटर खोला चौडा छन्। तलतिर गएपछि साँघुरो हुँदै नालामा परिणत हुन पुगेका छन्, वीरेन्द्रनगर–९ का स्थानीय प्रचण्ड पोखरलेले भन्नुभयो, “डुबानको खतरा निम्त्याउने मुख्य कारण नै यही हो।” नगरपालिकाले नगर गुरुयोजनाको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने स्थानीयवासी बताउँछन्।

वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा मात्रै ५०० घरधुरी डुबान, बाढी र कटानको उच्च जोखिममा छन्। वडाध्यक्ष विनोदसिंह विष्टले खोला किनारमा बनेका अधिकांश घर विपद्को जोखिम रहेको बताए। 'चाइना पुलबाट उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घर जोखिममा छन्, खोला क्षेत्र ओगटेर संरचना बनाउने क्रम रोकिएको छैन,' उनले भने, 'निर्माण मापदण्डअनुसार २० मिटर जग्गा खोलालाई छाड्नुपर्ने हुन्छ, तर त्यसको पालना हुनसकेको छैन।' वडाध्यक्ष विष्टले घर निर्माणको स्वीकृति दिँदा वडा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको बताउनुभयो। आफूले यसबारे कार्यपालिका बैठकमा कुरा उठाएको उनको भनाइ छ।

उपत्यकाबाट पानी बाहिरिने द्वार निकास खोला निकै साँघुरो छ। उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा बर्र्सेनि डुबान र कटानको जोखिममा छन्। दुई वर्षअघिदेखि थालिएको निकास खोला तटबन्धन निर्माणको काम अझै पूरा भएको छैन। हालसम्म ५०० मिटरमा मात्रै तटबन्धनको काम भएको बताइएको छ। वीरेन्द्रनगरका नगर उपप्रमुख नीलकण्ठ खनालले खोला क्षेत्रको संरक्षण गर्नका लागि निगरानी बढाइएको बताउनुभयो। साथै उनले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजनाअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए।

विसं २०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी, पहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाएका थिए। सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला भएकाले यो मनसुनजन्य विपद्को उच्च जोखिममा पर्दछ। यहाँको करिब ४३ प्रतिशत भू–भाग महाभारत शृङ्खलाले ओगटेको छ।

Metro Mart
worldlink

प्रकाशित: Jun 30, 2022| 19:30 बिहीबार, असार १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।