बिहीबार, वैशाख १८, २०८२

बुटवलमा बिसे नगर्चीको शालिक बन्ने

रुपन्देहीको पर्यटकीय स्थल बुटवल फूलबारीमा बिसे नगर्चीको शालिक बन्ने भएको छ। परियार सेवा समाज रुपन्देहीको अगुवाइमा बुटवल–२ फूलबारीस्थित मणिमुकुन्दसेन उद्यान पार्कमा नगर्चीको पूर्ण कदको शालिक बन्ने भएको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

बुटवल– रुपन्देहीको पर्यटकीय स्थल बुटवल फूलबारीमा बिसे नगर्चीको शालिक बन्ने भएको छ। परियार सेवा समाज रुपन्देहीको अगुवाइमा बुटवल–२ फूलबारीस्थित मणिमुकुन्दसेन उद्यान पार्कमा नगर्चीको पूर्ण कदको शालिक बन्ने भएको हो।

वि.सं. १७४६ मा जन्मिएका बिसे नगर्चीले नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गरी महत्वपूर्ण योगदान दिएका थिए। तत्कालीन समयमा पृथ्वीनारायण शाहलाई सल्लाह दिएर एकीकरण सम्भव बनाएकाले नगर्चीलाई नेपालीहरुले स्मरण गर्नुपर्ने आवाज उठ्दै आएको छ।

नगर्चीको वि.संं १८२८ मा निधन भएको थियो। नेपाल एकीकरणमा पृथ्वीनारायाण शाहको प्रमुख सल्लाहकार रहेका नगर्चीलाई पछिल्लो पुुस्तामा परिचित गराउन र सबैलाई नगर्चीको योगदानको महत्व बुझाउन पर्यटकीय स्थल फूलबारीमा शालिक निर्माण गर्न लागिएको समाजका रुपन्देही अध्यक्ष लोकबहादुर नेपालीले बताए। नगर्चीको शालिक अनावरण पूर्वराजदूत पदम सुन्दासले गरेका छन्।

उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको जतिकै महत्वपूर्ण भूमिका रहेर पनि राज्य र बुद्धिजिवीहरुले चासो नराख्दा नगर्ची ओझेलमा परेको बताए। कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले नगर्चीको योगदानलाई अर्थविद्हरुले समेत चर्चा गर्नुपर्ने बताए। समाजले आउँदो ६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी शालिक अनावरण गर्ने परियार सेवा समाजका तेस्रो राष्ट्रिय सम्मेलनका कोषाध्यक्ष कृष्ण रणपालले बताए।

बुटवल फूलबारीमा यसअघि नै चार सहिदको शालिक निर्माण गरिसकेको र नगर्चीको शालिकले इतिहासलाई नयाँ पुस्तामाझ चिनाउन मद्दत गर्ने मणिमुकुन्दसेन उद्यान बुटवल फूलबारीका अध्यक्ष खेम लुइँटेलले बताए। यस्तै बुधबार समाजले बुटवल ६ मा निर्माण गरेको पक्की भवन उद्घाटन गरेको छ। उक्त भवन करिव ३० लाखको लागतमा सम्पन्न गरिएको सचिव लक्ष्मण परियारले जानकारी दिए।

Metro Mart
worldlink

प्रकाशित: Jun 30, 2022| 12:17 बिहीबार, असार १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।