मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी अधिकारीहरुका अनुसार चीनका एक पहिचान लुकाइएका व्यक्तिले मोइनियानसँग सम्पर्क गरेका थिए। उनले मोइनियालाई चीनो एभिएसन इन्डस्ट्रीका बारेमा जानकारी दिएका थिए।
 |  सोमबार, असार १३, २०७९

बीबीसी

बीबीसी

सोमबार, असार १३, २०७९

वाशिङ्टन- अमेरिकी सैन्य विमानका पाइलट शपोर मोइनियानले चीनका लागि जासुसी गर्ने गरेको स्वीकार गरेका छन्। उनले अमेरिकी एभिएसन टेक्नोलोजीसँग सम्बन्धित क्लासिफाइड अर्थात गोप्य जानकारी चीनलाई बिक्री गरेको स्वीकार गरेका हुन्। 

अमेरिकाको न्याय मन्त्रालयकाले ६७ वर्षीय शापोर मोइनियानले अवकाशपछि उनले अमेरिकी सेनामा कन्ट्र्याक्टरको रुपमासमेत काम गरेको जनाएको छ। 

उनले कन्ट्र्याक्टरको रुपमा काम गर्दा पनि उनले आफू चीनसँग जोडिएको भन्‍ने कुनै औपचारिक जानकारीसमेत गराउका थिएनन्। त्यस समयमा उनले अमेरिकी एभिएसन प्रविधिसँग सम्बन्धित जानकारीहरु लिएर चीनलाई हजारौं डलरमा बिक्री गरेको पाइएको छ। 

उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टमा गैर-अपराधिक रेकर्ड बुझाएको कसुरमा पनि दोषी पाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। एफबीआईका सेन डिएगो कार्यालयका प्रभारी विशेष एजेन्ट स्टेसी फोयले भने, 'यो एक उदाहरण हो कि चीन सरकारले अमेरिकी प्रविधिको दुरुपयोग गरेको आफ्नो रक्षा क्षमता बढाइरहेको छ।' 

अमेरिकी न्याय मन्त्रालयले भनेको छ, 'मोइनियानले हेलिकोप्टर पाइलटका रुपमा अमेरिका, जर्मनी र दक्षिण कोरियामा सेवा गरेका थिए। उक्त सेवाबाट अवकाश भएपछि सन् १९७७ देखि २००० सम्म अमेरिकी सेनासँग सम्बन्धित रहेर काम गर्न प्राइभेट सेक्टरसँग सामेल भएका थिए।' 

Metro Mart
worldlink

एक सैन्य कन्ट्र्याक्टरका रुपमा काम गर्दा उनले आफू जोडिएका अपराधहरु लुकाएर सेक्युरिटी इन्टेलिजेन्स क्लियरेन्स हासिल गर्न सफल भएका थिए। यही आधारमा उनले सिभिलियन कर्मचारीको रुपमा सेनाको गोप्य सूचनाहरु हासिल गर्न पनि सफल भएका थिए। 


अमेरिकी अधिकारीहरुका अनुसार चीनका एक पहिचान लुकाइएका व्यक्तिले मोइनियानसँग सम्पर्क गरेका थिए। उनले मोइनियालाई चीनो एभिएसन इन्डस्ट्रीका बारेमा जानकारी दिएका थिए। 

न्याय मन्त्रालयका अनुसार उनले चीनको एक 'पेड एजेन्ट' को रुपमा काम गरेका थिए। उनले चिनियाँ अधिकारीलाई अमेरिकी सैन्य हेलिकोप्टर र एभिएसयन प्रविधिसम्बन्धी जानकारी पेनड्राइभमार्फ ट्रान्सफर गरेका थिए। यसवापतको पेमेन्ट उनले आफ्नो छोरीको दक्षिण कोरियामा रहेको खाताबाट बुझेको पनि पाइएको छ। उनले दक्षिण कोरियामा रहेकी छोरीलाई आफूले विदेशमा गरेको कन्सल्टिङवापतको रकम प्राप्त भएको बताएको पनि खुलेको छ। 

अदालतका दस्तावेजका अनुसार शापोरलाई पाँच वर्षको जेल र विदेशी सरकारी एजेन्टको रुपमा काम गरेको कसुरमा २५०,००० हजार अमेरिकी डलर जरिवाना गरिएकव छ। त्यसैगरी अमेरिकी सुरक्षा फर्मा सभिलियन कन्ट्र्याक्टरको रुपमा भर्ती हुँदा गलत जानकारी दिएको कसुरमा १० वर्षको जेल सजाय र अतिरिक्त जरिवाना तोकिएको छ। अदालतले अन्तिम फैसला दुई महिनापछि अर्थात २९ अगस्तमा सुनाइने भएको छ। 

प्रकाशित: Jun 27, 2022| 19:51 सोमबार, असार १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।