सोमबार, असार २, २०८२

मोरङका १६ पालिकाले ल्याए बजेट, कुन पालिकाको कति?

१७ वटा स्थानीय तह मध्ये मोरङका १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि शुक्रबार बजेट ल्याएका छन्। १६ अर्ब ३७ करोड ३० लाख बराबरको बजेट प्रस्तुत भएको छ।
 |  आइतबार, असार १२, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, असार १२, २०७९

विराटनगर- १७ वटा स्थानीय तह मध्ये मोरङका १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि  शुक्रबार बजेट ल्याएका छन्। १६ अर्ब ३७ करोड ३० लाख बराबरको बजेट प्रस्तुत भएको छ। 

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम बजेट ल्याएको छ। महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेस गरेको छ। चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो।

बजेट प्रस्तुत गरेका ७ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट सुन्दरहरैंचाको छ। सुन्दरहरैंचाले १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँ बजेट ल्याएको छ। 

बेलबारीले १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको बजेट ल्याएको छ। पथरीशनिश्चरे नगरपालिकाले १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रहेको छ। उर्लाबारी नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार, रंगेलीले ८८ करोड ८९ लाख ४४ हजार र लेटाङ नगरपालिकाले ७४ करोड ३१ लाख ३९ हजारको बजेट प्रस्तुत गरेको छ। 

गाउँपालिका तर्फ केराबारी गाउँपालिकाले सबैभन्दा बढी ८२ करोड ९५ लाखको बजेट ल्याएको छ। मिक्लाजुङ गाउँपालिकाले ७० करोड ६६ लाख ९६ हजार, बुढीगंगा गाउँपालिकाले ७० करोड २४ लाख ८१ हजार, कानेपोखरीले ५७ करोड ५२ लाख ३८ हजार, कटहरी गाउँपालिकाले ५० करोड ४ लाख ४१ हजार ६ सय, ग्रामथान गाउँपालिकाले ५० करोड २२ लाख, जहदाले ५३ करोड ३१ लाख ९५ हजार र धनपालथानले ५३ करोड ११ लाख १७ हजारको बजेट प्रस्तुत गरेको छ।

रतुवामाई नगरपालिकामा भने बजेटको विषयमा विवाद भएपछि शुक्रबार बजेट प्रस्तुत हुन सकेन। रतुवामाईको बजेट कहिले आउने भन्ने निश्चित छैन। नगरपालिका प्रमुख नागेश्वर सिंहले समन्वय नगरेकै कारण बजेट नआएको उपप्रमुख दमयन्ता चुढालको आरोप छ। 

चालू आर्थिक वर्ष २०७८–७९ का लागि गत वर्ष रतुवामाई बाहेक १६ स्थानीय तहको बजेट १७ अर्ब ६० करोड ५५ लाख ८४ हजार ४ सय ५९ रुपैयाँको बजेट थियो। 

चालू आर्थिक वर्षको भन्दा यो वर्ष बजेटको आकार घटेको छ। बजेट घटाउनेमा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा कानेपोखरी, मिक्लाजुङ र कटहरी गाउँपालिका रहेका छन्।

प्रकाशित: Jun 26, 2022| 07:13 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।