बुधबार, वैशाख १७, २०८२

६०० भारतीय बोकेर जनकपुर आइपुग्‍यो ‘भारत गौरव पर्यटक रेल’

भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो।
 |  बिहीबार, असार ९, २०७९

रासस

रासस

बिहीबार, असार ९, २०७९

जनकपुर- ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो। 

जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटनमन्त्री सत्रुधन महतो, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलगायतले रेलमा आएका भारतीय पर्यटकलाई फूलमालाले भव्य स्वागत गरेका हुन्।  

भारतीय पर्यटकलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यसप्रकारको धार्मिक यात्राबाट दुवै देशको सम्बन्ध अझ प्रगाढ बन्ने र जनकपुरधामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। पर्यटकको स्वागतमा प्रदेश सरकारले कुनै कमीकमजोरी हुन नदिने उल्लेख गर्दै उनले यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे।  

‘भारत गौरव पर्यटक रेल’मा आएका करिब ६०० भारतीय पर्यटकले जनकपुरधामको विभिन्‍न धार्मिकस्थलको भ्रमण गर्ने र आज राति जनकपुरधाममै बास बस्ने कार्यक्रम निर्धारण भएको जानकी मन्दिरका उत्तराधिकारी दासले जानकारी दिए।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले जानकारी दिए। 

Metro Mart
worldlink

जनकपुर ओर्लिएका भारतीय पर्यटकहरु। 

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देखिन्छ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यु अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाएको जनाइएको छ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो। अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ।

प्रकाशित: Jun 23, 2022| 21:20 बिहीबार, असार ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।