शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

बुटवल– रुपन्देहीको तिलोत्तमाकी धनकुमारी गिरी (सुविना)को शंस्कास्पद मृत्यु आत्महत्या नभई हत्या भएको माइती पक्षको दाबीलाई बलियो हुने गरी पोष्टमार्टम रिपोर्ट आएको छ। सुविनाको पोष्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’ अर्थात् घाँटी थिचेको देखिएको हो। 

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। उनका अनुसार पोष्टमार्टमले दुईथरी अर्थ लगाउनेछ। माइतीको दाबीलाई आधार मान्दा घाँटी थिचेर हत्या भएको देखिन्छ भने डोरीले घाँटी थिचिएको हुनसक्ने तर्फ पनि सोच्नुपर्ने प्रहरीको भनाइ छ। 

‘यता न उताको दुईथरी अर्थ लाग्ने रिपोर्ट आएको छ,’ डीएसपी केसीले भने, ‘फरेन्सिक रिपोर्ट आएपछि यथार्थ थाहा हुन्छ।’ पोस्टमार्टम रिपोर्टसँगै सुविनाको हत्या भएको दाबी गर्दै आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको उनले बताए। सुविनाको घाँटीमा दायाँ–बायाँ औंलाका डाम र शरीरका विभिन्न ठाउँमा पनि डामहरु देखिएकाले आत्महत्या नभई हत्या भएको माइतीको दाबी छ।

मृतकका श्रीमान् र भान्जाविरुद्ध बुधबार ज्यान सम्बन्धि कसुरमा मुद्दामा पूरक जाहेरी दर्ता भएको छ। सुविनाका बुवा नवलपरासीको कावासोती नगरपालिका–१६ का नरु गिरीले जाहेरी दर्ता गराएका हुन्। सुविनाका श्रीमान् अन्दाजी ३८ वर्षीय सञ्जय र कञ्चन गाउँपालिका–१ घर भएका मामा पर्ने (सञ्जय) को घरमा बस्दै आएका २१ वर्षीय कुशल गिरीलाई मुख्य अभियुक्त बनाई मुद्दा दर्ता भएको छ। 

तिलोत्तमा–६ घर भएकी सुविनाको उनका श्रीमान् सञ्जयले सञ्चालन गर्दै आएको मिलन रेष्टुरेन्टमा गएको जेष्ठ ३० गते झुण्डिएर आत्महत्या प्रयासमा मृत्यु भएको परिवारले बताउँदै आएको छ। घरदेखि करिब १ किलोमिटर दूरीमा रहेको होटलमा झुण्डिएकी सुविनालाई उद्धार गरी उपचारका लागि तिलोत्तमाकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रीमान संजय गिरीले प्रहरी समक्ष बयान दिएका छन्।

Metro Mart
worldlink

सुविनाको घाँटी ङ्याकेर, थिचेर, दबाएर मृत्यु भएको पुष्टि भएकोले अब सोही अनुरुप अनुसन्धानलाई अगाडि बढाउन सुविनाका बाबु नरु गिरीको आग्रह छ। पोष्टमार्टम रिपोर्टले आफूहरुको दावी अनुसार नै हत्या गरेको देखाएकाले प्रहरीले त्यसै गरी अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ छ। 

सुविनाको ८ वर्षअघि मागी विवाह भएको थियो। सञ्जयले बेला–बेलामा श्रीमतीमाथि कुटपिट समेत गर्ने गरेको आरोप छ। घरदेखि करिब १ किलोमिटर दूरीमा रहेको होटलको कोठामा एक छोरी र ३ वर्षको छोराकी आमा आत्महत्या गर्न त्यहाँ पुग्नु नै आश्चर्य भएको स्थानीय बताउँछन्।

घटनास्थलमा झुण्डिएको भनिएको स्थानमा टेबुल रहेको, केही कुर्सीहरु पल्टाएर राखेको, चुरोटका ठुटा, मासुका टुक्रा, बियरका बोत्तल, फुटेको बियर गिलास, एकजोर लेडिज तथा अर्को पुरुषले लगाउने चप्पल भेटिएको थियो। 


प्रकाशित: Jun 23, 2022| 17:40 बिहीबार, असार ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।