सोमबार, वैशाख २२, २०८२

कर्णालीमा संक्रमण उच्च, खोप अभियान सुस्त

छिल्लो दुई हप्ता कर्णाली प्रदेशभर ५७४ जना कोरोना संक्रमित थपिए। तीमध्ये १०८ जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो ४ जनाको उपचारकै क्रममा मृत्यु भयो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

सुर्खेत– पछिल्लो दुई हप्ता कर्णाली प्रदेशभर ५७४ जना कोरोना संक्रमित थपिए। तीमध्ये १०८ जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो ४ जनाको उपचारकै क्रममा मृत्यु भयो। प्रदेशभर सक्रिय संक्रमितको संख्या ८८० पुगिसकेको छ। संक्रमणदर ६५ प्रतिशत पुगेको छ। अबको केही दिनमै चेन ब्रेक नभए संक्रमण पुरानै लयमा फर्कने लगभग पक्कापक्की छ। 

अस्पतालमा जटिल प्रकृतिका संक्रमित थपिँदै जानुले कर्णाली फेरि कोरोनाको उच्च जोखिममा परेको छ। तर कोरोना रोकथामको उत्तम विकल्प अर्थात कोरोनाविरुद्धको खोप अभियान भने कर्णालीमा कछुवा गतिमा छ। खोप अभियान सुरु भएको ६ महिना ७७ हजार जनाले मात्रै खोपको पूर्ण मात्रा पाएका छन्। 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार २५ हजार ८१६ जनाले कोभिशिल्ड, २६ हजार ५१० जनाले भेरोसेल र २५ हजार दुई सय ४८ जनाले जोनसन एन्ड जोनसन खोप लगाएका छन्। जोनसन एन्ड जोनसन खोप मुगुका २ हजार ५०४ जना, कालीकोटका १ हजार ३९० जना, दैलेखका ३ हजार ९७५ जना र सुर्खेतका १७ हजार ४७९ जनाले लगाएका छन्। यो खोप एउटा मात्राले नै पुग्छ। एकपटक मात्रै लगाए पुग्ने भएका कारण यो खोप विशेषगरी विदेश जाने नागरिकलाई प्राथमिकतामा राखिएको छ।

खोपको पूर्ण मात्रा पाउनेमध्ये डोल्पाका १ हजार १९६ जना, मुगुका ६ हजार २५५ जना, हुम्लाका ४ हजार ३३४ जना, जुम्लाका ३ हजार ७०७ जना र कालीकोटका ४ हजार ८९२ जना छन्। त्यस्तै दैलेखका १० हजार ९५१ जना, जाजरकोटका ३ हजार ५३४ जना, रुकुम पश्चिमका ५ हजार ४७९ जना, सल्यानका ५ हजार ९ जना र सुर्खेतका ३२ हजार २१७ जनाले पनि पूर्ण खोप पाएका छन्।

गएको माघ १४ गतेदेखि भएको खोप अभियानमा हालसम्म कर्णालीका २ लाख ४४ हजार ५१२ जनाले खोपको पहिलो मात्रा पाएका छन्। कर्णालीमा कोडिशिल्ड खोप लगाएका ८२ हजार ६७० जनाले ६ महिना बितिसक्दा पनि दोस्रो डोज पाउन सकेका छैनन्। डोल्पाका २ हजार ९०७ जना, मुगुका ३ हजार ४०६ जना, हुम्लाका ३ हजार ९४१ जना, जुम्लाका ७ हजार २३८ जना, कालीकोटका ७ हजार ११ जना, दैलेखका १४ हजार २२२ जना, जाजरकोटका ८ हजार २८८ जना, रुकुमपश्चिमका ६ हजार ७६९ जना, सल्यानका १० हजार ८७३ जना र सुर्खेतका १८ हजार ८१५ जनाले कोभिशिल्डको दोस्रो मात्रा पाउन सकेका छैनन्।

Metro Mart
worldlink

छिट्टै कोभिशिल्डको दोस्रो मात्रा पनि पाउने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दाबी गरेको छ। ‘पहिले भारतमा कोरोना ह्वात्तै बढेपछि खोप आपूर्ति हुन सकेन,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना खोप फोकल पर्सन नोदनारायण चौधरीले भने, ‘अहिले अवस्था सहज भइसक्यो, अब छिट्टै दोस्रो मात्रा पनि लगाउँछौं।’ भारतबाट खोप आउने निश्चित भइसकेका कारण दुई हप्ताभित्र कोभिशिल्डको दोस्रो मात्रा लगाइन पाउने उनको दाबी छ। 

कर्णालीमा अनुमानित १७ लाख जनसंख्यामध्ये अझै १२ लाख नागरिकलाई खोप आवश्यक पर्ने निर्देशनालयले जनाएको छ। ‘कुल जनसंख्या मध्ये ३ लाखभन्दा बढी बालबालिका छन्, २ लाख नागरिक विदेशमा होलान्,’ उनले भने, ‘कर्णालीका करिब १२ लाख नागरिकलाई खोप आवश्यक पर्न सक्छ।’


प्रकाशित: Aug 08, 2021| 13:35 आइतबार, साउन २४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।