शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा अनियमित विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई आग्रह

बुटवलमा अनियमित विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई आग्रह

नगर प्रमुख पाण्डेले बुधबार विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, इन्जिनियरहरु किरण खनाल र आनन्द सापकोटासहितको टोलीसँग विद्युत कटौती, लो भोल्टेज र सडक क्षेत्रका पोललगायतका समस्याका बारेमा छलफल गरेका थिए।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल- बुटवलमा भइरहेको अनियमित विद्युत कटौतीबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तत्काल समस्या समाधान गर्न विद्युत प्राधिकरणलाई आग्रह गरेका छन्।

नगर प्रमुख पाण्डेले बुधबार विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, इन्जिनियरहरु किरण खनाल र आनन्द सापकोटासहितको टोलीसँग विद्युत कटौती, लो भोल्टेज र सडक क्षेत्रका पोललगायतका समस्याका बारेमा छलफल गरेका थिए।

नगरप्रमुख पाण्डेले बुटवल क्षेत्रमा भइरहेको अनियमित विद्युत कटौतीको समस्या समाधान गर्नका लागि प्राधिकरणका बुटवल वितरण केन्द्र प्रमुखलाई निर्देशन दिएका हुन्।

‘अहिले बुटवलमा एकदमै गर्मी छ, छिनछिनमा बिजुली काट्ने गर्दा यहाँका बासिन्दालाई एकदमै समस्या भइरहेको छ, यो समस्याको कारण के हो, यसको समाधान खोजेर तत्कालै समाधान गर्नुहोला, उनले प्राधिकरणका कार्यालय प्रमुखलाई भने, ‘यसमा बुटवल उपमहानगरपालिकाले के गर्नुपर्छ, प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्ने, बजेटका लागि डेलिगेशन जानुपर्ने या अरु के समस्या छन्, त्यसमा हामी सँगसँगै अघि बढ्न सक्छौं, जसरी पनि यो समस्या समाधान हुनुपर्‍यो।’

उनले अनियमित विद्युत कटौतीले सर्वसाधारणदेखि उद्योगी व्यवसायीलाई समेत मर्का परिरहेकाले छिटै नै समाधान निकाल्न आग्रह गरे। नगरप्रमुख पाण्डेले बुटवलमा लो भोल्टेजको समस्याले पनि बुटवलबासी आजित भएकोतर्फ प्राधिकरणका बुटवल कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका थिए।

Metro Mart
worldlink

‘छिनछिनमा बिजुली जाने समस्या त छँदैछ, त्यसैमाथि भोल्टेज पनि कम छ, यसले बिजुली हुनु र नहुनुको अर्थै भएन, उनले भने(यसमा प्राधिकरणको कमजोरी हो या प्राविधिक समस्या हो, यसलाई पनि छिटै समाधान गर्नुहोला।’

उनले बुटवल क्षेत्रमा सडकपेटी र फुटपाथमा रहेका बिजुलीका पोल हटाउन र व्यवस्थित गर्नका लागि पनि गम्भीरतापूर्वक चासो दिन आग्रह गरेका थिए।

नगरप्रमुख पाण्डेले सडक क्षेत्रमा बिजुलीका तारहरु एकदमै तल रहेकाले ट्रान्सपोर्ट भिलेजमा जाने गाडीहरुलाई समस्या भइरहेको र बिजुलीका तारहरु टुट्ने र स्थानीय घरहरुमा जोखिम बढेकोले त्यसलाई व्यवस्थित गर्न आग्रह गरेका छन्।

‘ट्रान्सपोर्ट भिलेजको क्षेत्रमा बिजुलीका तारहरु एकदमै तलसम्म रहेछन्, सामान बोकेका गाडी आउँदा जाँदा तार छोइने र टुट्ने, तार सर्ट भएर स्थानीय घरहरुमा क्षति हुने अवस्था रहेछ,’नगरप्रमुख पाण्डेले भने, यो एकदमै जोखिमपूणर् भएको छ, तपाइँहरुले त्यहाँका तारहरु व्यवस्थित गर्ने र अग्लो बनाउने र जोखिम हटाउने काम गर्नुहोला।’

नगरप्रमुखले समस्याबारे जानकारी गराएपछि विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले विद्युत प्राधिकरणले लो भोल्टेज र अनियमित विद्युत कटौतीको समस्या समाधानका लागि काम गर्ने बताए। उनले सडक क्षेत्रका पोलहरु व्यवस्थित गर्न पनि वडा र टोलहरुसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

कतिपय स्थानमा स्थानीयले समस्या समाधानका लागि सहयोग नगर्दा समस्या समाधानमा ढिलाइ भएको र त्यसमा नगरबाट सहजीकरण गरिदिनका लागि महतोले अनुरोध गरेका थिए।

प्रकाशित: Jun 15, 2022| 19:48 बुधबार, असार १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।