शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राज्यमन्त्री वलीबारे सरकारले जवाफ दिएसँगै लुम्बिनीमा बजेट पेश

राज्यमन्त्री वलीबारे सरकारले जवाफ दिएसँगै लुम्बिनीमा बजेट पेश

लुम्बिनी प्रदेशसभामा सरकारका तर्फबाट जवाफ दिएपछि विपक्षी एमालेले संसदमा बजेट पेश गर्न दिएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल– लुम्बिनी प्रदेशसभामा सरकारका तर्फबाट जवाफ दिएपछि विपक्षी एमालेले संसदमा बजेट पेश गर्न दिएको छ।

स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनामा सरकारको जवाफ माग गर्दै एमालेले सदनमा अवरोध कायम गरेको थियो। अपरान्ह ४ बजे शुरु भएको बैठकमा एमालेले अवरोध गरेपछि २५ मिनेटका लागि सदन स्थगित गरिएको थियो। तर, स्थगित भएको डेढ घन्टापछि मात्रै सदन शुरु भएको हो। 

सदनमा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सरकारले राज्यमन्त्री विमला कुमारी खत्री वलीले महिलामाथि गरेको व्यवहारका सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताउँदै छानविन समिति गठन गरेको बताए । उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

विपक्षी एमाले संसदीय दलले भने मुख्यमन्त्रीबाटै जवाफ माग गरेको थियो । त्यहि बिषयमा लामो छलफलपछि सवैधानिक प्रावधान अनुसार बजेट ल्याउनुपर्ने भएकाले सरकारका तर्फबाट प्रवक्ताले जवाफ दिएपछि बजेट प्रस्तुत गर्न विपक्षी एमालेले सहमती जनाएको हो। आर्थिक बर्ष ०७९–८० को बजेट प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेका छन्।

प्रकाशित: Jun 15, 2022| 17:48 बुधबार, असार १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।