बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा

जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो। स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य बीमा गरिएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ।

 गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो। स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य बीमा गरिएको छ। 

जसमा ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिका ११२, डायलासिस गर्नुपर्ने र्मिगौलाका बिरामीका आठ, जनआन्दोलनका घाइते पाँच, द्वन्द्व प्रभावित चार र बेपत्ताजनका चार परिवार छन्। ती परिवारले यही जेठ १ गतेदेखि स्वास्थ्य जाँच र उपचारमा बीमाको सुविधा पाउन थालेको संयोजक जिसीले बताए। 'तोकिएका क्षेत्रका व्यक्ति बीमाको प्रक्रियामा आइरहनुभएको छ, अब दर्ता हुन आउनेको आउँदो भदौ १ गतेदेखि बीमा लागू हुन्छ,' उनले भने, 'वडा तहमा खटिनुभएका दर्ता सहयोगीमार्फत ती परिवारको बीमा दर्ता हुन्छ, त्यसबापत कुनै शुल्क लाग्दैन।'

अरू सर्वसाधारणले भने पाँच जनासम्मको परिवारका लागि वार्षिक रु तीन हजार ५०० बीमा बोर्डलाई बुझाउनुपर्छ। त्यसबाट रु एक लाखसम्मको उपचार सेवा लिन पाइन्छ। संयोजक जिसीले ‘ख’ वर्गको अपाङ्गता भएका, द्वन्द्व प्रभावितलगायतका व्यक्ति अझै छुटेकाले उनीहरुलाई बीमाको प्रक्रियामा ल्याउन पहल भइरहेको बताए। अपाङ्गता परिचयपत्र, डायलासिस गर्नुपर्ने बिरामीको अस्पताल रिपोर्ट, द्वन्द्वप्रभावित, जनआन्दोलनका घाइतेको परिचयपत्र नभए जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा बीमा दर्ता गरिने बोर्डले जनाएको छ।

बोर्डका अनुसार सङ्घ सरकारमार्फत पनि अति विपन्न परिवार, ज्येष्ठ नागरिक लगायतको निःशुल्क स्वास्थ्य बीमा हुँदै आएको छ। गण्डकी प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई आउँदो आवमा पनि निरन्तरता दिने जनाएको छ। केही दिनअघि सार्वजनिक नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख छ। 

Metro Mart
worldlink

बागलुङमा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो। स्वास्थ्य बीमाले स्वास्थ्य जाँच तथा उपचारमा सर्वसाधारणलाई लाभ मिलेको छ। जिल्लाको ३५ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा जोडिएको बोर्डले जनाएको छ।  

प्रकाशित: Jun 13, 2022| 00:25 सोमबार, जेठ ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।