बुधबार, जेठ १, २०८२

विद्यार्थी संगठनको 'गुन्डागर्दी'ले हायलकायल प्राध्यापक

कक्षा सकेर ‘टिचर रुम’मा जाने क्रममा उपप्राध्यापक पाण्डेमाथि विद्यार्थीको समूहले कुटपिट गरेको थियो। 'केही बेर एकान्तमा कुरा गर्नु छ' भन्दै उपप्राध्यापक पाण्डेलाई विद्यार्थीले कुटपिट गरेको उनको भनाइ छ। क्याम्पसको छाप दुरुपयोग गरेको आरोप लागेपछि ती विद्यार्थीले उपप्राध्यापकमाथि हातपात गरेका थिए।
 |  शुक्रबार, जेठ २७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- जेठ २२ गते अमृत साइन्स क्याम्पस (अस्कल)का उपप्राध्यापक दिवाकर पाण्डे आफ्नै विद्यार्थीबाट कुटिए। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु(अखिल) को अस्कल इकाई कमिटीका सहसचिव पंकज पाण्डेले मरणासन्न हुने गरी कुटेका थिए।

कक्षा सकेर ‘टिचर रुम’मा जाने क्रममा उपप्राध्यापक पाण्डेमाथि विद्यार्थीको समूहले कुटपिट गरेको थियो। 'केही बेर एकान्तमा कुरा गर्नु छ' भन्दै उपप्राध्यापक पाण्डेलाई विद्यार्थीले कुटपिट गरेको उनको भनाइ छ। क्याम्पसको छाप दुरुपयोग गरेको आरोप लागेपछि ती विद्यार्थीले उपप्राध्यापकमाथि हातपात गरेका थिए।

अखिलका केही विद्यार्थीले क्याम्पसको छाप दुरुपयोग गरेर विद्यार्थीलाई भर्ना गराउने र शुल्क असुल गर्ने गरेको पाइएपछि क्याम्पस प्रमुख लोक बरालले अखिलका दुई विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए। यसरी सरकारी छाप दुरुपयोगमा उजुरी परेपछि ती विद्यार्थीको तारोमा पाण्डे परेका हुन्। विद्यार्थीले पटकपटक उजुरी फिर्ता गराउन दिएको दबाबलाई क्याम्पसले नमान्दा यस्तो घटना घटेको क्याम्पस प्रशासनको भनाइ छ।  

अस्कलमा अखिलले ५३ दिनदेखि तालाबन्दीसमेत गरेको छ। यदि जबर्जस्ती ताला खोलिए मारामारको परिस्थिति निम्तन सक्ने चेतावनी अखिलको छ।

000

Metro Mart
worldlink

यता त्रिभुवन विश्वविद्यालय पनि शान्त छैन। आलोपालो गरेर त्यहाँ विद्यार्थी संगठनले तालाबन्दी लगाइरहेका हुन्छन्। अहिले त्रिविको विषयलाई लिएर नेपाली कांग्रेसको भातृसंघठन नेपाल विद्यार्थी संघ र एमालेको भातृसंस्था अनेरास्ववियूबीचमा ‘विज्ञप्ति वार’ चलेको थियो। कहिले नेविसंघले ताला लगाउने अखिलले फोडिदिने, अखिलले लगाउने अन्य कुनै संगठनले फोडिदिने क्रम त्रिविमा चलि नै रहन्छ। पछिल्लो पटक नेविसंघले लगाएको ताला शुक्रबार खोलिएको छ। 

केही समयअघि मात्र नेविसंघले लगाएको ताला अखिलले फोडेको थियो। त्यसपछि पुनः तालाबन्दी गरेको नेविसंघले १५ दिने अल्टिमेटम दिँदै शुक्रबार मात्र खोलेको छ। त्रिविमा भएका अनियमितता छानबिन गर्न समिति गठन गर्न १५ दिनको समय दिँदै नेविसंघले ताला खोलेको हो।

गएको चैतसम्मको तथ्यांक हेर्दा करीब २८ महिनामा त्रिविमा १९५ दिन तालाबन्दी भएको थियो। यस वर्ष पनि त्रिविमा निरन्तर तालाबन्दी भइरहेको थियो। तर, यसरी विश्वविद्यालयमा लाग्ने तालाको कथा तालाबन्दीसम्म मात्र सीमित रहँदैन। कहिलेकाहीँ यो क्रमले मारपिटको अवस्थासमेत सृजना गर्छ।

जस्तो, २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा लागेको ताला प्रहरी बोलाएर खुलाएपछि उपप्राध्यापक प्रेम चलाउनेमाथि हमला भएको थियो। त्यसबेला नेपाल विद्यार्थी संघ त्रिवि समितिले विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुखमा डा. युवराज लुइँटेललाई नियुक्त गरेको भन्दै तालाबन्दी गरेको थियो।

प्रकाशित: Jun 10, 2022| 19:38 शुक्रबार, जेठ २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्