शुक्रबार, वैशाख १९, २०८२

रोहिणी बस दुर्घटनाको कारण खोज्दै प्रहरी, मृतक सबैको सनाखत

जनकपुरबाट गन्तव्यमा आउनै लाग्दा रुपन्देहीको रोहिणी खोला पुलमा भएको दुर्घटनाको कारण खोज्न प्रहरीले अनुसन्धान थालेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

बुटवल– जनकपुरबाट गन्तव्यमा आउनै लाग्दा रुपन्देहीको रोहिणी खोला पुलमा भएको बस दुर्घटनाको कारण खोज्न प्रहरीले अनुसन्धान थालेको छ।

सोमबार बिहान साढे ४ बजे रोहिणी खोला पुलबाट यात्रुवाहक बस खस्दा ९ जनाको मृत्यु भएको थियो। प्रायः गन्तव्यमा आउन लाग्दा यात्रु र चालक सबै सतर्क हुने बेलामा पुलबाट रेलिङ भाँचेर बस खोलामा खसेर दुर्घटना भएकाले यसको कारण खोजी गर्न रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले गन्तव्यमा आउन करिब ३ किमि बाँकी छँदा बस दुर्घटनामा भएकाले चालक निदाएर मात्रै भयो कि अन्य कारण पनि छन् भनेर अनुसन्धान बढाइएको बताए। ‘मृतकको पहिचान र घाइतेको उपचारलाई पहिलो प्राथमिकतामा राखेर खटियौं, अब यसको कारण खोजी गर्छौं,’ प्रमुख रेग्मीले भने। 

चालक रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगरका  ३६ वर्षिय सुमन क्षेत्री घाइते भएकाले सुक्ष्म रुपमा सोधपुछ गर्न बाँकी रहेको उनले बताए। चालक निदाएकाले दुर्घटना भएको प्रारम्भिक रिपोर्ट आएको छ। तर, प्रहरीले भने यसलाई मात्रै आधार मान्न नसक्ने जनाएको छ। भैरहवा आउनै लाग्दा चालक सक्रिय हुने भएको र करिब २० मिटर जति पुलको रेलिङ भाँचिएकाले निदाएको मात्रै मान्न नसक्ने प्रहरी अधिकारीहरुको भनाइ छ। 

बस पूर्वबाट पश्चिम आउदा दायाँ अर्थात् विपरीत साइडमा खसेको छ। यी तथ्यहरुले गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरी आकलन छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर एंव मुद्दा शाखाका दीपक श्रेष्ठको नेतृत्वमा दुर्घटनाको अनुसन्धान सुरु भएको प्रवक्ता एंव डिएसपी नवरत्न पौडेलले बताए। उनले अनुसन्धानपछि दुर्घटनाको कारण सार्वजनिक गर्ने बताए। 

Metro Mart
worldlink

मृतक सबैको सनाखत 

रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ। जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो। 

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२ योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५ का ३० वर्षका चन्दन यादवको मृत्यु भएको हो। चन्दन यादवको सोमबार (आज) सनाखत भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। 

घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते २ जना डिस्जार्ज भएका छन्। घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 06, 2022| 13:48 सोमबार, जेठ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।