बिहीबार, जेठ २, २०८२

बिजुली बेचेर वार्षिक १२ अर्ब कमाउने नेपालको लक्ष्य

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमका अनुसार वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेकोले विद्युत उत्पादन बढी हुने भएकोले नेपालको आवश्यकता पूरा गरेर नै विद्युत निर्यात गर्न सकिने भएको हो। यसअघि चैतदेखि भारतमा कोइलाको मूल्य बढ्दा उनीहरुले निर्यात गर्ने विद्युत महँगो हुँदा नेपालले प्रति युनिट २० रुपैयाँसम्म हालेर बिजुली आयात गरेको थियो। सो समयमा महँगोमा नै पनि पर्याप्त बिजुली नपाउँदा कतिपय उद्योगहरुमा कटौती गर्नुपरेको थियो।
 |  आइतबार, जेठ २२, २०७९

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

आइतबार, जेठ २२, २०७९

काठमाडौं- नेपालले पहिलो पटक विद्युत निर्यात गर्न थालेको छ। शनिबार मध्यरातिदेखि नेपालले भारतमा दैनिक एक सय ७८ मेगावाट विद्युत निर्यात गर्न थालेको छ। नेपालमा उत्पादित बिजुली खेर जान नदिन विद्युत प्राधिकरणले भारतमा बिजुली निर्यात गर्न थालेको हो। 

केही दिनअघि नेपालले ३७.७ मेगावाट विद्युत निर्यात गरेको थियो। तर शनिबारदेखि भने कालीगण्डकी आयोजनाको एक सय ४० मेगावाट बिजुली थप भएपछि १७८ मेगावाट बिजुली निर्यात गरेको हो। यसअघि त्रिशुली आयोजनाबाट उत्पादित २३.२ मेगावाट र देवीघाट आयोजनाको १४.५ मेगावाट विद्युत भारतमा निर्यात हुँदै आएको थियो। 

नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)मा सप्लाई बिडमा बढाबढ प्रक्रियामार्फत विद्युत निर्यात गरिरहेको छ। हाल नेपालले भारतमा ३६४ मेगावाटसम्म बिद्युत बिक्री गर्ने अनुमति पाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ छ। भने  अधिकतम १९ रुपैयाँसम्ममा निर्यात भएको छ। 

नेपालमा कुल जडित विद्युत क्षमता दुई हजार २०५ मेगावाट रहेको छ। जसमध्ये दुई हजार एक सय मेगावाट विद्युत उत्पादन हुन्छ। नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युतको माग एक हजार ६५० मात्र रहेको छ। प्राधिकरणले नेपाली बजारको माग पूरा गरेर चार सय मेगावाटको बिजुली निर्यात गर्न सक्छ। 

नेपालले विद्युत निर्यातबाट वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सक्छ। तर हिउँदमा भने खोला नाला सुक्दा पर्याप्त उत्पादन नहुने भएकोले नेपालले सो समयमा अझैसम्म पनि भारतबाट नै आयत गर्दै आइरहेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमका अनुसार वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेकोले विद्युत उत्पादन बढी हुने भएकोले नेपालको आवश्यकता पूरा गरेर नै विद्युत निर्यात गर्न सकिने भएको हो। यसअघि चैतदेखि भारतमा कोइलाको मूल्य बढ्दा उनीहरुले निर्यात गर्ने विद्युत महँगो हुँदा नेपालले प्रति युनिट २० रुपैयाँसम्म हालेर बिजुली आयात गरेको थियो। सो समयमा महँगोमा नै पनि पर्याप्त बिजुली नपाउँदा कतिपय उद्योगहरुमा कटौती गर्नुपरेको थियो। 

Metro Mart
worldlink

तर जेठ लागेपछि नेपालमा नै उत्पादन बढ्न थालेपछि प्राधिकरणले निर्यात सुरु गरेको हो। प्राधिकरणका अनुसार नेपालले विद्युत निर्यातबाट वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सक्छ। तर हिउँदमा भने खोला नाला सुक्दा पर्याप्त उत्पादन नहुने भएकोले नेपालले सो समयमा अझैसम्म पनि भारतबाट नै आयत गर्दै आइरहेको छ। 

विद्युतमा नेपाल आत्मनिर्भर भएर निर्यातलाई निरन्तरता दिन सकेमा नेपालको अर्थतन्त्रमा धेरै परिवर्तन गर्न सकिने प्राधिकरणको बुझाइ छ। नेपालमा निर्यातको तुलनामा आयात करिब  १५ गुणाले बढेको छ। जसका कारण व्यापारघाटा बढीरहेको छ भने शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

त्यस्तै व्यापारघाटाले डलर सञ्‍चितिमा समेत दबाब पर्दा अर्थतन्त्रमा नै समस्या आउन सक्ने चेतावनी राष्ट्र बैंकले दिँदै आएको छ। देशको अर्थतन्त्रका सूचकहरु खराब भइरहँदा विद्युत निर्यात हुनु खुसीको कुरा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ। थोरै भएपनि विद्युत निर्यात गर्दा राज्यलाई व्यापारघाटा कम गर्नको लागि थोरै भएपनि योगदान पुगेको घिसिङले बताए।



प्रकाशित: Jun 05, 2022| 18:15 आइतबार, जेठ २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्