बुधबार, वैशाख १७, २०८२

असारको मुखमा किसानलाई मलको चिन्ता

खेतीपातीको सिजनका बेला मल अभाव भएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

सुर्खेत- वर्षायाम सुरु हुनै लाग्दा कर्णालीमा रासायनिक मलको अभाव भएको छ। खेतीपातीको सिजनका बेला मल अभाव भएको हो। 

कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ। खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ। 

विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ। चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ।

युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ। अहिले कम्पनीसँग युरिया मल छैन।

Metro Mart
worldlink

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भइसकेको बताए। 'हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौजदात छ,' उनले भने, 'यसलाई समानुपातिक हिसाबले वितरण गरिरहेका छौँ। भारत सरकारले मल दिने भनिए पनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ। कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन।'

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ। कर्णालीमा युरिया मल बढी खपत भए पनि साबिक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ।

साबिक भेरी अञ्चलका पाँच जिल्लामा भने रासायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे। कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ। हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ।

प्रकाशित: Jun 03, 2022| 08:00 शुक्रबार, जेठ २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।